सहकारीमा चोरी बढ्दो


दाङ तथा प्यूठान जिल्लाका तीन वटा फरक फरक सहकारीमा चोरी भएको छ । दाङ जिल्लाको सिसहनियामा अवस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थामा ड्रिल मेसिनको प्रयोग गरी ढोका फोडेर १ लाख ४५ हजार नगद चोरी भएको छ । नेफ्स्कूनका सञ्चालक कृष्ण नेपालका अनुसार चोरको तोडफोडबाट फलामको गेट, सिसि क्यामेरा र सहकारी भित्र रहेको अन्य बिभिन्न थुप्रै सामाग्रीको क्षति भएको छ ।

 

त्यस्तै प्यूठानको सानाकिसान कृषि सहकारी संस्थामा पनि ११ लाख ४५ हजार ६ सय ६० बराबरको चोरी भएको छ । दाङको हरियाली बचत तथा ऋण सहकारी संस्थाकै जसरी प्यूठानको सानाकिसान कृषि सहकारी संस्थामा पनि चोरी भएको छ । दाङ जिल्लाको महाप्रभु बचत तथा ऋण सहकारी संस्थामा सेफको चोरी गरेर भाग्ने क्रममा स्थानीयले चार जनालाई देखेपछि, उनीहरू सेफ फालेर भागेको पनि सञ्चालक नेपालले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर