वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम शुरु


राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सहकारी अभियानको विकास र सुदृढीकरणका लागि सहकारी संघ संस्थाहरूको आवश्यकता बमोजिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिमहरू,अध्ययन,अवलोकन भ्रमण कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । सोही अनुरूप राष्ट्रिय सहकारी महासंघ लि. नेपालले भाद्र ४ र ५ गते हुनेगरी वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम शुरु गरेको छ ।

महासंघका नायव महाप्रबन्धक बाबुल खनालले तालिमबारे जानकारी दिदै सहकारी संस्थाका लागि यस्ता किसिमका तालिम निकै उपयोगी रहेको बताउनुभयो । बैशाखभित्र नै बजेट तर्जुमा उपसमिति गठन गरि असारभित्र संचालक समितिले छलफल गरी पास गरेर अगाडि बढ्दा सहज हुने धारणा समेत खनालले राख्नुभयो।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले बुधबार सहकारी संचालन प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको छ भने कुवेर निरौलाले योजना तथा बजेटको अवधारणा सम्बन्धी स्पष्ट पार्नुभएको छ । दुई दिने तालिममा बजेट तर्जुमा प्रक्रिया तथा ढाचाँ बारे अन्तक्रिया, नमुना कार्यक्रम तथा बजेट तर्जुमा अभ्यास समेत गरिने कार्यतालिका रहेको प्रशिक्षक कुवेर निरौलाले बताउनुभयो ।

 

तालिममा काभ्रे, रामेछाप, पाँचथर, लम्जुङ, नुवाकोट, रुपन्देही, काठमाडौं, धादिङ्ग, अछाम, ललितपुर र मकवानपुरका ३३ जना सहकारीकर्मीहरुको सहभागीता रहेको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर