खुशी खुशी बचत तथा ऋण सहकारी संस्था बाट आयोजित तीज कार्यक्रम


खुशी खुशी बचत तथा ऋण सहकारी संस्थाले भाद्र ५ गते खुशी खुशी नारी सम्मान एवं बृहत तीज कार्यक्रम सम्पन्न गरेको छ ।

 

खुशी खुशी साकोसको महिला उप-समितिले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि अर्थविद बिजय पौडेल, त्यस्तै विशेष अतिथि संघीय सांसद, माननीय अन्जना विशंखे र अतिथि काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संस्था (कास्कून)का सञ्चालक लेमन श्रेष्ठ हुनुहुन्थ्यो ।

 

उक्त कार्यक्रममा सदस्यता लिने स्थानिय महिलाहरूलाई सम्मान र गोला प्रथाद्वारा ५ जना लाई पुरस्कार समेत प्रदान गरिएको थियो ।संस्थाका अध्यक्ष बटु कृष्ण थापा को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा २०० जनाको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर