स्थानीय तहमा कर निर्धारण वैज्ञानिक बनाउनुपर्नेमा जोड


२०७६ भाद्र ६ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको मध्यपुर थिमी नगर सहकारी समन्वय उपसमिति र सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिको संयुक्त आयोजनामा सहकारीमा सन्दर्भ व्याजदर, कोपोमिस र कर सम्बन्धी अन्र्तक्रिया कार्यक्रम शंखधर पार्टी प्यालेसमा, शंखधर चोक, भक्तपुरमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार टोक राज पाण्डेले स्थानीय सरकारलाई कर निर्धारण गर्ने अधिकार छ तर करको निर्धारण बैज्ञानिक र व्यवहारिक हुन नसक्दा कर रहरले नभई करले तिर्नुपर्ने वातावरण सृजना भएकोमा दुख व्यक्त गर्नुभयो । यसको लागि सरोकारवाला निकाय र व्यक्तिले नै आवाज उठाउनुपर्ने कुरामा जोड दिनुुभयो । सहकारीको सुचना प्रभावकारी बनाउनको लागि कोपोमिस प्राणली, सदस्य केन्द्रीत व्यवसायलाई जोड  दिन सन्दर्भ व्याजदर र सहकारीमा सम्पत्ती शुद्धिकरण निवारणको व्यवस्था लागु गर्न निर्देशन जारी गरेको कुरा बताउनुभयो ।

 

आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख सुर्य प्रसाद पोखरेलले सहकारी संस्थाले राज्यबाट सुविधा संगै आफ्नो दायित्व पनि पुरा गर्नुपर्ने कुरा बताउदैं आर्थिक अध्यादेश २०७६ मा व्यवस्था भएको कर सम्बन्धी प्रावाधानको प्रस्तुतीकरण गर्नुभयो । सहकारी विभागका शाखा अधिकृत हरि पौडेलले सहकारीका सन्दर्भ व्याजदर र कोपोमिसको विषयमा प्रस्तुतीकरण गर्नुभयो । सुर्यविनायक नगरपालिकाका प्रतिनिधि उद्धव प्रसाद चौलागाईले सुर्यविनायक नगरपालिकाको सहकारी ऐन र कर सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो ।

 

संघका अध्यक्ष एवंम कार्यक्रमका सभापति कृष्ण गोविन्द लाखाजुले सहकारी अभियानलाई बलियो बनाउन र सहकारीको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको चर्चा गर्दै सहकारीलाई कर असुल उपर गर्ने निकायको रुपमा हेर्न नहुने र सहकारीमा सन्दर्भ व्याजदर सान्दर्भिक रहेको विचार राख्नुभयो । संघका उपाध्यक्ष हरि बल्लले सहकारीलाई अनुगमन गर्न गाह्रो भयो भनेर फोर्स मर्ज र एक व्यक्ति एक सहकारीको अवधारण ल्याउनु तर्क सङगत नभएको कुरा बताउनुभयो । संघका कोषाध्यक्ष कान्छा भक्त घजु र संचालक काजी बहादुर पंचले पनि बोल्नु भएको थियो । सो कार्यक्रममा सुर्यविनायक र मध्यपुर थिमि नगरपालिका स्थित सहकारी संस्थाहरुबाट ७८ जनाको उपस्थिति रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर