तीन करोडौंको कारोबार गर्न ग्रामिण महिलाहरु सफल


श्री कालिका नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारण सभा २०७६ भाद्र ७ गते  बेथानचोक गाउँपालिका वडा नं ४ पाटीखर्क मा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथी बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बाहादुर तिमिल्सिना, विशेष अतिथी नारी चेतना केन्द्र नेपालका अध्यक्ष सृजना पौडेल, बेथानचोक गा.पा वडा नं ४ का अध्यक्ष लाल बहादुर श्रेष्ठ, समाजसेवी कृष्ण बाहादुर पाख्रिन, गणेशस्थान नारी चेतना साकोसका अध्यक्ष दिल कुमारी तामाङ्ग तथा नारी चेतना काभ्रे संयोजक मञ्जु घिमिरे लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रेम बाहादुर तिमिल्सिनाले नारी चेतना सहकारीले महिलाहरुको जिवनमा अमुल परिवर्तन ल्याउन ठूलो योगदान दिएको र महिला सहकारीलाई कुनैपनि अन्य सहकारीहरुको प्रभावमा नपर्न अनुरोध गर्दै महिला सहकारीहरुको अभिभावकत्व गाउँपालिकाले लिने कुरा व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै नारी चेतना केन्द्र नेपालका अध्यक्ष सृजना पौडेलले २९ वर्ष अगाडी नारी चेतना केन्द्र नेपालका संस्थापक अध्यक्ष प्रतिभा सुवेदीको अगुवाईमा सुरुवात भएको सामुदायीक विकास, महिला समुह गठन र महिलाको क्षमता विकास कार्यक्रमले समाजमा आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक रुपमा पछि परेका दिदि बहिनीहरुको जिवनमा दिगो परिवर्तन ल्याउन सफल भएको कुरा व्यक्त गर्दै तत्कालीन चलाल गा.वि.स  हाल बेथानचोक वडा नं ४ का नारी चेतना प्रर्वधित तिन सहकारीहरु गणेशस्थान नारी चेतना सहकारी, कालिका नारी चेतना सहकारी तथा सरस्वती नारी चेतना एकिकरण भई बेथानचोक नारी चेतना साकोस बनि नया ईतिहास रच्न लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै बेथानचोक गा.पा  वडा नं ४ का अध्यक्ष लाल बहादुर श्रेष्ठले यस भेगमा महिला सहकारीको भौतिक विकास, प्राविधिक विकास र महिलाहरुको क्षमता विकासलाई वडाले प्राथमिकताका साथ अगाडी बढाईरहको र आगामी दिनमा पनि यसलाई प्राथमिकता दिई अगाडी बढ्ने कुरामा जोड दिनुभयो । गणेशस्थान नारी चेतना साकोसका अध्यक्ष दिल कुमारी तामाङ्गले बेथानचोक वडा नं ४ का नारी सहकारी मात्र नभएर समग्र बेथानचोक गाउँपालिका भित्रका नारी सहकारीहरु एकिकरण गर्ने कुरा अब आफुहरुको प्राथमिकतामा रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै समाजसेवी कृष्ण बहादुर पाख्रिनले नारी चेतनाले सुरुका दिनमा गरेका संर्घषको स्मरण गर्दै निकै कठिनाई संग जुध्दै यो संस्था अगाडी बढेको कुरा व्यक्त गर्नुभयो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष अम्रिता कोईरालाले गर्नु भएको थियो ।साधारण सभाका अवसरमा जेष्ठ सदस्य सम्मान, असल सदस्य सम्मान र  बाल बचतकर्ता सम्मान गरिएको थियो । संस्थामा हाल महिला र बालबालिका गरि करिव ७०० जना सहभागी छन् भने करिव तीन करोडौंको कारोबार गर्न ग्रामिण महिलाहरु सफल भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर