गल्कोटमा २ दिने कर्जा व्यवस्थापन तालिम सुरु


बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र राष्ट्रिय सहकारी बैंक लि. ललितपुरको प्राविधिक सहयोगमा बिहीवारदेखि गल्कोटको हटिया बजारमा कर्जा व्यवस्थापन सम्बन्धि दुई दिने तालिमको सुरुवात भएको छ ।

 

गल्कोट क्षेत्रका सहकारी संस्थाहरुलाई लक्षीत गरी आयोजना गरिएको तालिमको उद्घाटन गल्कोट नगरपालीकाका नगरप्रमुख भरत शर्मा गैरेले गर्नुभएको थियो । तालिमको उद्घाटन सत्रमा बोल्दै गैरेले सहकारी संस्थाहरुले ऋण लगानी र बचत संकलनका संगसंगै उत्पादन केन्द्रित हुनुपर्ने भनाई राख्नु भएको थियो । गल्कोट नगरपालीकाले गल्कोट क्षेत्रको गरिवी निवारण र विकासका लागि सहकारीहरुसंग समन्वय गर्न तयार रहेको समेत गैरेले बताउनु भएको थियो ।

 

कार्यक्रममा गल्कोट बहुमुमी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम, तालिमका सहजकर्ता एवं राष्ट्रिय सहकारी बैंकका प्रवन्धक प्रमोदकुमार घिमिरे लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

तालिम उद्घाटन सत्र समापनका क्रममा बोल्दै कार्यक्रमका अध्यक्ष, नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाबाट लगानी गरिने ऋणहरु सुरक्षीत नियमसंगत र समयमै संस्थाभित्र फिर्ता हुन सक्छ भन्ने एकीन नगरी ऋण लगानी गर्न नहुने तर्फ सहकारी संस्थाहरु चनाखो हुनुपर्ने कुरामा जोड दिनु भएको थियो । पौडेलले सहकारी संस्थाहरुले ऋण लगानी तथा असुली र हरेक क्षेत्रमा शु–शासन कायम राखी सहकारी नै समुदायको आर्थिक सामाजिक र सांस्कृतीक विकासको माध्यम हो भन्ने भावना सदस्यहरुमा अनुभुती गराउनु पर्ने बताउनु भएको थियो ।

बागलुङ र म्याग्दीका २१ वटा संस्थाका ४० जनाको सहभागिता रहेको तालिम कार्यक्रमको स्वागत जिल्ला बचत संघका उपाध्यक्ष गणेश खत्री र सञ्चालन संघका गल्कोट साकोसका प्रवन्धक मिना श्रेष्ठले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर