पञ्चकन्या सहकारीको वार्षिक बजेट पारित


भदौ १७, काठमाडौं ।  पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. २०७६/०७७ को वार्षिक योजना, नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । धुलिखेलमा भाद्र १४ गते संचालक समिति, लेखा समिति र संस्थाका कर्मचारीहरु सहितको सहभागितामा छलफल गरी बजेट पारित गरेको हो ।

पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी २५ करोड रुपैयाँ रहेको र आर्थिक वर्ष ०७९/०८० सम्ममा यसलाई चुक्ता पूँजीमा परिणत गरिने दीर्घकालिन लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइयो ।

यसैगरी आ.व. २०७६/०७७ को कूल कारोवार लक्ष्य २१ करोड राखिएको छ जस अनुसार दुई २ करोड पचास लाख शेयर संकलन, १९ करोड बचत तथा निक्षेप संकलन र १६ करोड कर्जा लगानी समेत गरी २० लाखको मुनाफा समेत आर्जन गर्ने लक्ष्य रहेको जनाइएको छ ।

संस्थाको प्रधान कार्यालय न्युरोड, खिचापोखरीमा प्रधान कार्यालय राखी कार्य शुभारम्भ गरेको र ३ महिना पनि व्यतित नहुँदै संस्थाले राखेको लक्ष्यमा ४० % को वृद्धि हासिल गर्न सफल भएको कुरा संस्थाको लागि सकरात्मक भएको जानकारी संस्थाका प्रमुख व्यवस्थापक ठाकुर नाथ आचार्यले दिएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर