स्व. सापकोटाको निधनमा श्रदाञ्जली सभा सम्पन्न


भाद्र २०,बागलुङ । जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले मिति २०७६ भाद्र १६ गते स्व. लालुराम सापकोटाको निधनप्रती श्रदाञ्जली सभा आयोजना गरि दुःख र समवेदना व्यक्त गरेको थियो ।

संस्थाका शेयर सदस्य पूर्णप्रसाद सापकोटा, शुभचिन्तकहरु चिरञ्जीव सापकोटा, शिवप्रसाद सापकोटा र अर्जून सापकोटाका पुज्यनीय पिता तथा संस्थाका शेयर सदस्य प्रतिक्षा सापकोटाका शसुरा बागलुङ नगरपालीका वडा नं. ०४ कुँडुले नीवासी स्वं सापकोटाको मिति २०७६ भाद्र १४ गतेका दिन ७७ वर्षको उमेरमा निधन भएको थियो ।

श्रदाञ्जली सभामा संस्थाको तर्फबाट श्रदाञ्जली पत्र र अध्वदैहीक सुविधा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले परिवारजनलाई हस्तान्तरण गर्नुभएको थियो । श्रदाञ्जली शभालाई संस्थाका ऐक्सेस कार्यदल सदस्य सीता शर्माले सञ्चालन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर