शुभश्री निशुल्क स्वास्थ्य शिविर – २०७६ सम्पन्न
“ आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौं“ भन्ने मूल नाराका साथ स्थापना भएको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. शंखधर चोक, मध्यपुर थिमी –४ ले विजया दशमीको उपलक्ष्यमा शंखधर फार्मेसी र डेन्टोकेयर नेपाल शंखधर चोकको सहकार्यमा शेयर सदस्यहरु तथा सर्वसाधारणका लागि १ दिने “ शुभश्री निशुल्क स्वास्थ्य शिविर – २०७६“ सम्पन्न गरेको छ । उक्त शिविरमा १८० जनाको स्वास्थ्य परिक्षण सेवा शंखधर फार्मेसीका डा. चन्द्र ओली, प्रवेश पिला श्रेष्ठ, सविना प्रजापति र सरु प्रजापतिको टोलीले गरेका थिए भने १४८ जनाको दन्त परिक्षण डेण्टोकेयर नेपालका डा. विपिन ख्याजु, डा. आशिष श्रेष्ठ, डा.श्रुती श्रेष्ठ र जुली ख्याजुको टोलीले गरेका थिए ।