शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


काठमाडौं, ३ असोज । खिचापोखरी न्यूरोड व्यापार संघद्धारा २०७६ सालको बडादशै तथा शुभ दिपावली नेपाल सम्वत ११४० तथा छठ पर्वको अवसरमा फुडल्याण्ड क्याफे खिचापोखरी न्यूरोडमा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि. को प्रायोजन गरेको उक्त कार्यक्रम संविधान दिवसको अवसर पारेर गरिएको हो । कार्यक्रममा विभिन्न उद्योगी तथा व्यापारी सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि काठमाडौैं महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनकाजी महरले व्यापार व्यवसायमा देखिएका जुनसुकै समस्या समाधान गर्न आफु सधै तत्पर रहेको बताउनु भएको छ ।

त्यसैगरी नेपाल राष्ट्रिय व्यापार संघका अध्यक्ष नरेश कट्वालले मध्यम तथा साना व्यापारीहरु माथि सरकारले निरन्तर हमला गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सरकारले व्यापार अनुगमन गर्नेक्रममा व्यापार व्यवसायमाथि हानि पुग्ने गरि क्रियाकलाप देखाएको बताउनु भयो । कार्यक्रममा कट्वालले सरकारले नयाँ व्यापार व्यावसायमाथि निरन्तर हमला गरिरहे सबै व्यापारीहरु मिलेर त्यसको प्रतिकारमा उत्रने चेतावनी दिनुभयो । साथै उहाँले सरकारले व्यापारमा लगाएको सिण्डिकेट प्रणालीलाई नहटाएसम्म व्यापार व्यावसाय प्रभावकारी नहुने बताउनुभयो ।

त्यसैगरी काठमाडौं चेम्वरका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यापारमा देखिएका समस्याहरुको समाधान गर्न सरकारले पटक–पटक प्रतिबद्धता जनाएता पनि व्यवहारमा कुनै चासो नदेखाएको बताउनुभयो । उहाँले संविधानमा व्यापार व्यवसायको विषयमा राम्रो व्यवस्था गरेको भएतापनि संविधान अन्तर्गत बनेका कानूनहरुले नितिगत भ्रष्टाचार गर्न सघाउ पुगेको देखिएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य सहभागिहरुले यदि व्यापार व्यवसाय गर्ने उचित वातावरणको सिर्जना सरकारले गर्न नसकेमा त्यसका विरुद्ध आफुहरु सडकमा उत्रने चेतावनी दिएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर