एलाइन्स मोरङको प्रथम साधारण सभा सम्पन्न, नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


मोरङ । लोकतन्त्रवादी सहकारीकर्मीको छाता संगठन नेशनल कोअपरेटर्स एलाइन्स जिल्ला कार्यसमिति मोरङको प्रथम साधारण सभा सम्पन्न भयो । साधारण सभाले गोमा नेपालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । उपाध्यक्षमा विजय सरदार, सचिवमा दिपक चौलागाई, सहसचिवमा माया ओझा र कोषाध्यक्षमा झुमा निरौला गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

सो अवसरमा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खॉडले कांग्रेसले सहकारीलाई संगसंगै लिएर हिड्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एलाइन्सका केन्द्रीय अध्यक्ष डिल्ली तिवारी, उपाध्यक्ष तेजकुमार रिजाल, नेपाली काङ्ग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका सदस्य केशव निरौला र एलाइन्सका महासचिव चन्द्र ढकालले सहकारीबाटै मुलुक सवल र समृद्ध हुने बताउदै सबै लोकतन्त्रवादीहरु एकजुट भएर सहकारी अभियानसंगै अघि बढ्न आवहान गर्नुभयो ।

एलाइन्सका निवर्तमान अध्यक्ष रामचन्द्र गौतमको अध्यक्षता सम्पन्न कार्यक्रममा गौतमले नव निर्वाचित टिमलाई नेतृत्व हस्तान्तरण गर्दै बधाई एवम् एलाइन्सलाई अघि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर