आदर्श भृकुटी महिला सहकारीको एघारौं साधारणसभा सम्पन्न


आदर्श भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  असोज ४ गते वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वि.सं २०६५ सालमा स्थापित यस सहकारीको सम्पूर्ण कार्यभार महिलाहरुले मात्र सम्पन्न गर्दै आइरहेका छन् । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सहाङ् प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा आदर्श भृकुटी सहकारीले समाजमा पु¥याएको योगदानबारे चर्चा गर्नु भएको थियो ।

अतिथिका रुपमा नेफस्कुनका व्यवसाय विभग प्रमुख सञ्जय तिमिल्सिना सहकारी बैंकका तालिम विभाग प्रमुख तथा यस सहकारीका सल्लाहाकार रामबाबु आचार्यले सरकारको पछिल्लो नीति अन्र्तगत पाँच हजार जनसंख्यामा एउटा सहकारी रहने व्यवस्था भए अनुसार दुईहजार भन्दा बढी सदस्य रहेमा मात्र सहकारी सञ्चालन गर्न पाउने अन्यथा सोही वडामा अवस्थित ठूलो सहकारी सँग गाभिनु पर्ने नीतिबारे चर्चा गरेका थिए । सरकारको यस्तो नीति प्रति सहकारीका शेयर सदस्य लगायत कार्यसमितिका सदस्यहरुले असन्तोष व्यक्त गरेकाथिए । समाजमा महिलाको तर्फबाट आर्थिक रुपान्तरणमा सशक्तिकरणको भूमिका खेलिरहेका यस्ता सहकारीको भविष्य तथा अस्तित्व के रहन्छ भनेर चर्को बहस समेत गरेका गरेका छन् ।

सहकारी संस्था सञ्चालनका लागि वर्षौदैखि गरेको मानसिक र शारीरिक लगानीको साथै संस्था प्रतिको अनिश्चित भविष्य सबैका लागि चिन्ताको विषय रहेको कुरा सहभागीहरुले व्यक्त गरेका थिए । छिमेकी सहकारी राधेकृष्ण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दीपक अधिकारीले पनि सरकारले ल्याएको एकिकरणको बिषयमा नै बोल्नु भएको थियो । विशेष अतिथिको रुपमा साहित्यकार तथा मेडिकल डक्टर रविन्द्र समीरले पछिल्लो समय आतंकित रुपमा फैलदै गएको डेंगु रोगसँग कसरी सचेत रहने भन्ने बारेमा अत्यन्तै उपयोगी मन्तव्य राख्नु भएको थियो ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आदर्श भृकुटी साकोसका शेयर सदस्यका एस ई ई उत्तीर्ण छोराछोरीलाई प्रमाणपत्र र पूलमालाले सम्मान गरिएको थियो । प्रथम र द्धितिय सत्र गरी सञ्चालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता आदर्श भृकुटी सहकारीकी अध्यक्ष गीता रेग्मीले गर्नुभएको थियो , सृजना पौडेलले स्वागत  मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन संस्थाको सचिव गोमा श्रेष्ठले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न