साधारणसभा पछि वार्षिक कामको समिक्षा गर्दै मन्थली साकोस


रामेछाप, ८ असोज । निर्धारीत समयमा २२ औ वार्षिक साधारण सभा सकेको मन्थली साकोसले मंगलवार आफनो कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी आफनो वार्षिक कामको समिक्षा गरेको छ । उसले एक वर्षको अवधिमा संचालक समितिले संस्थागत विकास र शेयर सदस्यहरुका पक्षमा आफुले गरेका काम आम्दानी र खर्चको अवस्था र भावि दिनमा गर्नु पर्ने कार्य योजनाका वारेमा जानकारी गराएको हो । उसले गत साधारण सभा वाट प्राप्त म्यानडेट र संचालक समितिले तय गरेको पुर्व निर्धारित पात्रो अनुसार गरेको कामका बारेमा संस्थाका सचिव गोविन्द घिमिरे जानकारी गराउनु भएको थियो ।


तमाकोशि सेवा समितिमा कार्यरत तत्कालीन ११ जना अगुवा हरुले थोरै रकम वचत गरि आरम्भ गरेको उक्त संस्थामा हाल सम्म वाल समेत गरि करिव १२ हजार आठ सय को संख्यामा रहेका छन् । सो क्रममा ११ हजार पुजीबाट बचत तथा ऋण लगानी मार्फत आर्थिक तथा सहकारी विकासको अभियानमा सरिक हुँदै आएको यो संस्थाले हाल सम्म आई पुग्दा आफना सदस्यहरुको आर्थिक तथा सामाजीक विकासका क्षेत्रमा निकै ठुलो योगदान पुर्याएको र यसले जिल्लाको सहकारी आन्दोलनमा अग्रणि भूमीका निर्वाह गर्दे आएको पनि सचिव घिमिरेले जानकारी दिनु भएको थियो ।


साकोसले रामेछाप र मन्थली नगरपालीकाका १६ वटा वडालाई आफनो कार्यक्षेत्रको रुपमा विस्तार गर्दे आएको र आगामि दिनमा दुवै नगरपालीकाका सबै वडामा कार्यक्रम लैजाने तयारी गरी रहेको जानकारी पनि पत्रकार सम्मेलनमा गराईएको थियो । गत बषर्को ९६औ अन्तराष्ट्रिय सहकारी दिबस तथा २५ औ राष्ट्रिय सहकारी दिबको अबसरमा राष्ट्रिय सहकारी महासंघ लि बाट ३ नं प्रदेशको उत्कृष्ठ सहकारीका रुपमा सम्मान र पुरस्कार प्राप्त गरेको र गत आवमानै भारतको हिमाञ्चल प्रदेशको सहकारीबाट अन्तराष्ट्रिय स्तरको सहकारी पुरस्कार प्राप्त गरे पछिका दिनमा संस्थाले थप जिम्मेवारी वोध गरेर उत्साहवद्र्धक तरिकाले काम गरि रहेको पनि पत्रकार संम्मेलनमा जानकारी गराईएको थियो

त्यसै गरि साकोसले गत आर्थिक बर्ष २०७५÷७६ मा कुल सम्पत्ति ८० करोड ४० लाख ७१ हजार १ सय दुइ रुपैया रहेको, ५८ करोड, ३९ लाख ७ हजार ३ सय सैतिस रुपैया ऋण लगानी भएको , ६२ करोड ७९ लाख ४४ हजार १ सय चौवालिस रुपैया बचत संकलन भएको र ७ करोड १ लाख १९ हजार रुपैया शेयर पुँजी संकलन गरेको छ ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष संस्थाको काम र काम प्रतिको सरोकारीको मुल्याँकनले संस्थालाई उत्साहित गराएको भन्दै भावि दिनमा संस्थाको विकासमा आफुहरुले कुनै पनि कसुर नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा संस्थाको साधरण सभाबाट सम्मान गरिएका पत्रकार दीपक भट्लाई संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवेदीले नगद ५ हजार, ढाकाको खादा र सम्मान पत्रद्वारा सम्मान गर्नू भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको