कोेषको ऋणमा सहकारीको मोनमानी


महोत्तरी,मंसिर १२ । महोत्तरीमा युवा तथा स्वरोगजार कोषको रकम त्यहाका सहकारीहरुले आफनतलाई मात्र ऋण दिने गरेका छन् । सस्तो ब्याज पर्ने भएकाले सहकारीका अगुवाहरुले अफ्ना आफन्तहरुलाई ऋण दिने गरेका हुन् ।
बेरोजगार युवाका लागि आएको रकम महोत्तरीका सहकारीले रोजगारमा आबद्ध भएका आफन्तलाई बाँडेर रकमको दुरुपयोग गरेको रहस्य खुलेको हो । बेरोजगार युवालाई आयमूलक कामका लागि आएको रकम महोत्तरीका नौवटा सहकारी संस्थाले रु ३० देखि ५० लाखसम्म ल्याएकामध्ये अधिकांश रकम दुरुपयोग भएको बताइएको छ ।
प्रमुख व्यापारिक केन्द्र बर्दिवासमा रहेका अधिकांश सहकारी संस्थाले मनपरी रुपमा रकम खर्च गरेका युवा स्वरोजगार कोष महोत्तरीका स्वयम्सेवक शशिकला दाहालले बताउनुभयो ।
व्यक्तिगत प्रभावमा परेर उक्त सहकारीले पहिलेदेखि नै गर्दै आएको किराना पसल, माछापालनलगायतका पुराना व्यवसायका नाममा स्वरोजगार कोषको रकम ऋण दिएर दुरुपयोग गरिएको दाहालले बताउनुभयो ।
महोत्तरीका सहकारीले बेरोजगार युवाका लागि आएको रकम रोजगारमा आबद्ध भएका युवालाई दिई बेरोजगार युवाको जीवनमाथि नै खेलबाड गरिरहेको स्थानीयवासीको आरोप रहेको छ


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न