मनग्य नाफा माउँदै महिला सहकारी
कैलाली, मंसिर १३ । टिकापुरको महिला सहकारीले मनग्य आम्दानी गरेको छ । टीकापुरमा महिलाले संचालन गरेको सहकारी संस्थाले साढे पाँच लाख रुपैयाँ नाफा कमाएको जनाएको छ ।
टीकापुर नगरपालिकाका महिलाले संचालन गरेको सहकारी संस्थाले यसवर्ष साढे पाँच लाख रुपैयाँ मुनाफा कमाएको संस्थाकी अध्यक्ष ललिता शाहीले सहकारीले सफलता हाशिल गरेको बताउनुभयो । हाल सहकारीमा ५ सय ८७ जना महिला शेयर सदस्य रहेका छन्। सहकारी संस्थाले एक करोड १७ लाख रुपैयाँ भन्दा बढी रकम ऋण लगानी गरेको छ भने २२ लाख २ हजार शेयर पुँजी छ ।