उपलब्धि सहकारीको ११औँ वार्षिक साधारणसभा सम्पन्न, सेयर पुँजी बढाउँदै


काठमाडौं, २४ कात्तिक । उपलब्धि बहुउदेश्य सहकारीको ११औँ वार्षिकसभा सम्पन्न भएको छ । संस्थाका ६ सयभन्दा बढी सेयर सदस्यहरुको उपस्थितिमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।

राजधानीको नक्सालमा सम्पन्न उक्त साधारणसभा प्रदेश नं ३ की सांसद राधा घलेको प्रमुख अथित्यमा भएको हो । उपलब्धिका सहकारीका अध्यक्ष देवराज शर्माको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले संस्थाको सेयर पुँजी बढाउँदै लैजाने निर्णय गरेको छ । यस संस्थाको अधिकृत पूँजि ५ करोड रहेको र सो मध्ये अघिल्लो आर्थिक वर्षमा ३ करोड ५२ लाख २२ हजार ३ सय चुक्ता भएकोमा यस आर्थिक वर्षको अन्तय सम्ममा चुक्ता सेयर पूँजि ४ करोड ५ हजार २ सय ५० पुगेको छ । यस वर्ष संस्थाले ४७ लाख ८२ हजार ९ सय ५० रूपैया  शेयर पूँजि बृद्धि गरेको छ।

संस्थाको ११औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाका अध्यक्ष देवराज शर्माले गत आवमा २७ दशमलव ८० प्रतिशत निक्षेप संकलन गरी ३४ करोड ७१ लाख पु¥याइएको जानकारी गराउनुभयो । संस्थाले गत वर्ष ३३ लाख ४७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

संस्था योजना तथा विकास उपसमिति संयोजक विपिन शर्माले आर्थिक कारोबारसँगै खाद्यान्न व्यापार र साहित्यिक क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । संस्थामा साहित्यकार जोडिनु महत्वपूर्ण विषय भएको बताउँदै उहाँले साहित्यकारलाई सदस्य बनाएर साहित्यिक पत्रिका प्रकाशन गर्नुका साथै खाद्य भण्डारसमेत सञ्चालन गरेको जानकारी गराउनुभयो ।

प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै प्रदेश सांसद राघा घलेले सहकारीले उत्पादन बढाउनुपर्ने बताउनुभयो । कृषि, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा सहकारीले लगानी बढाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले सहकारीमार्फत आर्थिक क्रान्ति सम्भव भएको बताउनुभयो ।

‘जहाँ सरकार पुगेको छैन, त्यहाँ सहकारी पुगेको छ,’ उहाँले भन्नुभयो, ‘सहकारीले सदस्यलाई कमाउन सिकाउनुका साथै बचत गर्ने बानी बसाल्न सिकाउनुपर्छ ।’

वरिष्ठ पत्रकार पुरुषोतम दाहालले सहकारीले सदस्यको जीवनस्तर उकास्न सक्नुपर्ने उल्लेख गर्दै सहकारीले सदस्यलाई आर्थिक क्रियाकलापमा सक्रिय बनाएर आर्थिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।

साहित्यकार धुु्रव चन्द्र गौतमले उपलव्धिले अझै धेरै प्रगति गर्दै जाओस भनि शुुभकामना दिनुुभएको थियो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक चन्द्रप्रसाद ढकालले सहकारीले सदस्यकेन्द्रित कारोबार गरेर सदस्यको आर्थिक हैसियत माथि उठाउने गरी लगानी गर्नुपर्ने भनाइ राख्नुभयो ।

साधारणसभा कार्यक्रममा साहित्यकार नगेन्द्रराज सापकोटा, सनत रेग्मी, धु्रवचन्द्र गौतम, मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पौड्याल, युनिफिकेससन साकोसका अध्यक्ष कमलराज अधिकारीलगायतले सामाजिक क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिएको चर्चा गरे ।

कार्यक्रममा पत्रकार विजय चापागाईं र जातीय विभेद अन्त्यका अभियान्ता पैदलयात्री अशोक दर्नाललाई सम्मान गरिएको थियो । साथै ज्येष्ठ सदस्यहरु पद्मभक्त खरेल, पद्मलोचन ढुंगेल, मोहनबहादुर केसीलगायतलाई सम्मान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर