उद्यमशिलता तथा सहकारी व्यवसाय तालिम समापन हुदै


राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा उद्यमशिलता तथा सहकारी व्यवसाय दुई दिने तालिम सोमबारबाट शुरु भएको छ । सहकारी महासंघले सहकारी अभियानको विकास  र सुदृढिकरणको निम्ति यस्ता किसिमका तालिमहरू दिदै आएको छ ।

तालिमको सहजीकरण अनुभुती नेपालकी विष्णु जोशीले गर्नुभएको छ । औद्यौगिक व्यवसाय प्रतिष्ठान नेपालमा २२ बर्षको अनुभव बटुलेकी जोशीले सहकारीमार्फत उद्यमशिलता विकासमा जोड दिनुभएको छ । तालिममा हिक्मत सिं लेकालीले व्यसायीक उत्प्रेरणाको विषयमा प्रस्तुतती गर्नुहुने छ । सो तालिममा सहकारी उद्यमशिलताको अवधारणा, सहकारीमा व्यवसायीक नेतृत्व, नैतिकता र जोखिमलगायत व्यवसायीक योजना निर्माणको विषयमा छलफल हुने बताइएको छ । उक्त तालिम आज समापन हुदै छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम