जिल्ला सहकारी संघ लिमिटेड ललितपुुरको वार्षिक साधारण सभा सम्पन्न


ललितपुुर । जिल्ला सहकारी संघ लिमिटेड ललितपुुरको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आफ्नै निर्माणधिन भवनमा सञ्चालन गरिएको कार्यक्रम अनैपचारीक रुपमा संचालन गरीएको थियो ।

कार्यक्रम सञ्चालक समिति लेखा समिति तथा सल्लाकार समितिका सदस्यहरुबाट व्यानरमा हस्ताक्षर गरि उद्घाटन गरियको थियो । कार्यक्रममा जिल्ला सहकारी संघको सञ्चालक अम्बिका कुमारी थापाले स्वागत मन्तब्य राख्नु भएको थियो भने जिल्ला सहकारी संघ लिमिटेड ललितपुुरका अध्यक्ष माधव दुुलालले वार्षिक प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो ।

अध्यक्ष दुुलालले निमाणाधिन भवनमा कार्यक्रम गरिएकोले कार्यक्रम पुुर्ण रुपमा औपचारीक नगरिएको र भबन आउदो असार मसान्त सम्ममा तयार भइसक्ने बताउनु भयो । त्यस्तै भबन निर्माणमा भारतिय दुुतावासको सहयोग रहेको बताउदै, संस्थाले सहकारी संस्थासंग सम्वन्धित तालिम समेत संचालन गर्दै आएको पनि जानकारी दिनुुभयो ।

साधारण सभामा ललितपुुर जिल्लामा संचालित उत्कृष्ट सहकारीहरुलाई सम्मान तथा पुुरस्कार बितरण गरिएको थियो । आर्थिक बर्ष २०७५÷७६ को सेयर पुुजि ७६७३४०० रहेको र संघमा आवद्ध सहकारी ७५८ रहेका छन् । यो बर्ष जिल्ला सहकारी संघ लिमिटेड ललितपुुरले १०० ओटा सहकारी संघहरुको अनुुगमन गर्नेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?
‘बिपी चिन्तन र सहकारी’ विषयक विमर्श सम्पन्न
उपासना सहकारीद्वारा एएके खाद्य उद्योगको उद्घाटन सम्पन्न
“संकट अघि र पछिको सहकारी भुमिका”