सामुदायिक साकोसको २५ औं वार्षिक साधारणसभा सम्पन्न,८ साकोस एकिकरण


सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि को २५ औं वार्षिक साधारण सभा ६ वटा स्थानहरुमा क्षेत्रगत रुपमा सम्पन्न भयो ।संस्थाको मुख्य कार्यालय प्राँगण, पनौती ४, टौखाल, कुशादेवी क्षेत्र, बेथानचोक क्षेत्र, खोपासी क्षेत्र, बनेपा क्षेत्र र भूमिडाँडा क्षेत्रमा समापन भयो ।

संस्थाको २५ औं वार्षिक साधारण सभामा प्रस्तुत सम्पूर्ण एजेण्डाहरु सर्वसम्मत पारित गर्दै ८ सहकारी संस्था एकिकृत भई सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि.को नामबाट सञ्चालन हुने निर्णयका साथ सम्पन्न भयो । सबै क्षेत्रका साधारण सभा सम्बन्धित क्षेत्रका प्रमुख अतिथिहरुबाट उद्घाटन भएको थियो ।

 

एकिकरण भएका संस्थाहरु सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखाल, मिलिजुली नारीचेतना वचत तथा ऋण सहकारी संस्था लि., बेथानचोक ५, मदनबास, लड्केश्वर नारीचेतना वचत तथा ऋण सहकारी संस्था लि., पनौती ११, बल्थली, जनजीवन वचत तथा ऋण सहकारी संस्था लि., पनौती २, कुशादेवी गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि., पनौती ११, बल्थली, गोठाला गणेश वचत तथा ऋण सहकारी संस्था लि., पनौती ६, नमोबुद्ध रोड, श्री चम्पादेवी साना किसान कृषि सहकारी संस्था लि., पनौती २, कुशादेवी, गाउँले वचत तथा ऋण सहकारी संस्था लि., बनेपा ७, गोदामचोक रहेका छन् ।

सभाको बन्द शत्रमा संस्थाको सचिव र कोषाध्यक्षको प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७५÷०७६ को लेखा परिक्षण प्रतिवदेन, आ.व. २०७६÷०७७ को लागि बाह्य लेखापरिक्षक नियुक्ती र पारिश्रामिक तोक्ने सम्बन्धमा, विनियम संशोधन सम्बन्धमा, संस्था एकिकरण सम्बन्धमा, चालु आर्थिक वर्ष २०७५÷०७६ को कार्ययोजना तथा बजेट, र विविध प्रश्तावहरु ६ वटै क्षेत्रको साधारण सभाबाट पारित गरिएको थियो ।

२५ औं वार्षिक साधारण सभाले सदस्यको प्राकृतिक मृत्यू हुँदा रु. २५ हजार र दुर्घटनाका कारण मृत्यू भएमा रु. ५० हजार सम्म राहत उपलब्ध गराउने र सदस्यको परिवारमा मृत्यू हुँदा रु. ५ हजार देखि १० हजार सम्म राहत उपलब्ध गराउने गरी नीति पारित गरेको छ । सदस्यमैत्री निर्णयहरु गर्ने क्रममा यस पटकदेखि संस्थाले कारोबारको आधारमा सदस्यहरुलाई संरक्षित पूँजि फिर्ता कोषको रकम वितरण गर्न शुरुवात गरेको छ । संस्थाका सदस्यहरुमध्ये संरक्षित पूँजि फिर्ता कोष सञ्चालन नीति बमोजिम कोषबाट २०८० जना असल ऋणी तथा वचतकर्ताहरुलाई रु. २० लाख रकम वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । उक्त सदस्यहरु मध्ये प्रत्येक क्षेत्रको साधारण सभामा २।२ जनाको दरले संस्थाले सभामा सम्मान गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर