महिलाहरू आर्थिक सक्षम नहुँदा महिला हिंसा: सभासद श्रेष्ठ


महिलाहरू आर्थिक रूपमा सक्षम नहुनुले गर्दा नै महिला हिंसाको मुख्य कारक भएको संविधान सभाका सभासद राज्यलक्ष्मी श्रेष्ठले बताउनुभएको छ । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको पाचौँ वार्षिक साधारणसभाको अवसरमा बोल्दै सभासद श्रेष्ठले सहकारीबाट नै महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सकिने र महिला शशक्तिकरण हुने धारणा राख्नु भयो । सभासद श्रेष्ठले सहकारीमा हुने प्रजातान्त्रिक पद्दति र प्राप्त हुने समान अवसरका कारण महिलाको विकासमा मद्दत पुग्ने बताउनुभयो । उक्त साधारणसभामा प्रमुख अतिथिको मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंक लि. का प्रबन्ध सञ्चालक के.बी. उप्रेतीले सहकारी अभियानमा महिलालाई सक्रिय सहभागिता गराएकोमा संस्थाको सह्राना गर्नुभयो । उप्रेतीले यस किसिमको गतिविधिमा सहभागी सहकारीलाई  राष्ट्रिय सहकारी बैंकले ७ प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा दिन सक्ने बताउनुभयो । नेशनल कोअपरेटर्स एलाइन्स नेपाल, काठमाडौँ क्षेत्र नं. ७ का संयोजक कमलराज अधिकारीले प्रजातान्त्रिक पद्दतीमा मात्र सहकारीको विकास सम्भव भएको धारणा राख्दै एलाइन्सले सहकारीलाई पूर्ण रूपमा सहकारी अवधारणा अनुरूप चल्ने वातावरण सृजना गर्ने विचार राख्नुभयो । संस्थाका अध्यक्ष अमरावती बलामीले सहकारी संस्थामा नेतृत्व पंक्ति जतिसुकै सक्षम भए पनि सदास्यको सक्रियता बिना लक्ष्यमा पुग्न कठिन हुने भन्दै सदस्यलाई सक्रिय हुन आग्रह गर्नुभयो ।
???????????????????????????????वार्षिक साधारणसभाका अवसरमा विभिन्न ६ व्यक्ती तथा संस्थालाई उपासना सम्मान २०७१ले सम्मानित गरिएको थियो । सुमेना इन्टरनेशनल हस्पिटल, मिडिया इन्टरनेशनल, जलबिरे खानेपानी प्रा.लि., मायाज पार्लर एण्ड ट्रेनिङ सेन्टर, वसन्तमान शाक्य, तिनघरे उपासना समुहका विष्णुदेवी बराललाई सम्मानित गरिएको हो । त्यसैगरी संस्थाका कर्मचारी रीना लामा एवम् दुर्गा रेग्मी, उत्कृष्ट शेयर सदस्य इन्दिरा कसजु, उत्कृष्ट कर्जा कारोबारकर्ता जुना घिमिरे, उत्कृष्ट नियमित बचतकर्ता शान्ति रानाभाटलाई प्रोत्साहन एवम् पुरस्कार प्रदान गरियो । वार्षिक साधारणसभास्थलमै शेयर खरीद गर्ने सदस्यलाई संस्थाका अध्यक्षले विशेष उपहार प्रदान गर्नुभयो ।
साधारणसभामा संस्थाको २०७०-७१को वासलातलगायत वित्तिय विवरण एवम् चालु आर्थिक वर्षको बजेट पेश गरिएको थियो । गत असार मसान्त सम्ममा संस्थाले ४० लाख ७१ हजार रुपियाँको चुक्ता शेयर पुँजी पुर्‍याउन सफल भएको छ भने २ करोड २८ लाख ३४ हजार निक्षेप संकलन गरेको छ । त्यसैगरी संस्थाले उक्त अवधीमा २ करोड ५२ लाख २१ हजार रूपियाँ ऋण लगानी गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने