सि वाई सि साकोस द्वारा चौरासी पुजा सम्पन्न


सि वाई सि बचत तथा ऋण सहकारी संस्था लि. हटिया सेवाकेन्द्रले चौरासी पुजा सम्पन्न गरेको छ । संस्थाको शेयर सदस्य भिमकलि बुढाथोकीले सहर्ष १ हजार ८ पुर्णचन्द्र दर्शन पुरा गरेको सुखद अवसरमा उक्त चौरासी पुजा सम्पन्न गरेको हो ।

सि वाई सि बचत तथा ऋण सहकारी संस्था लि. गलकोटका संयोजक राम बहादुर खत्रीको अध्यक्षतामा चौरासी पुजा कार्यक्रम सम्पन्न भएको थियो । संयोजक खत्रीले संस्था भित्र रहेका वृद्धा ब्यक्ति, सदस्यको चौरासी पुजा गर्दै आएको जानकारी दिनुभयो । गलकोट नगरपालिका वडा नं ७ निवासी संस्थाका शेयर सदस्य जमुना थापाकी ममतामयि आमाको चौरासी पुजाको अवसरमा गलकोट नगरपालिका वडा नं ३ हटिया शिवालय मन्दिर परिसरमा नगद रु १० हजार फोटो फे्रम सहित खादाले सम्मान गरेको थियो ।

संस्थाले आफ्ना शेयर सदस्यको घरमा कसैको मुत्यु भएमा अर्ध दैहिक सुविधा, सुत्केरी पोषण भेटघाट, विवाह वत्रबन्धहरुमा समेत सहयोग गर्दै आईरहेको छ । चौरासी पुजा कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य हर्क बहादुर पाण्डेले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । यस संस्थाले १० ओटा सेवा केन्द्रबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । यसले चौतारी पुजा मात्र नभएर जेष्ठ नागरीक पेन्सन,औषधि उपचार सुविधा लगाएत विभिन्न सेवा प्रदान गर्ने गरेको छ । सि वाई सि ले आर्थिक अवस्था कमजोर, छोराछोरीले हेला गरेको वृद्धको सहयोगका लागि यस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम