‘चितवन बचत तथा ऋण सहकारी संघ लि’ को २० औं साधारणसभा सम्पन्न


चितवन । चितवन जिल्ला भरिका बचत तथा ऋण सहकारीहरुको छाता संघ ‘चितवन बचत तथा ऋण सहकारी संघ लि’ को २० औं वार्षिक साधारणसभा सम्पन्न भयो ।

संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी महासंघका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाको प्रमुख आतिथ्यता र नेफ्स्कुनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, नेफ्स्कुन संचालकद्वय शान्ति अधिकारी र भरत दवाडी, जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराई र संघका निवर्तमान अध्यक्ष तेजेन्द्र खड्काको बिशिष्ट आतिथ्यता रहेको थियो ।

सभामा संघकी उपाध्यक्ष बिद्या कोईरालाले स्वागत मन्तब्य, अध्यक्ष हरिश्चन्द्र सुवेदीबाट अध्यक्षको मन्तब्य, सचिव रामराज पौडेलले सचिवको प्रतिबेदन, कोषाध्यक्ष केशवराज रेग्मीले कोषाध्यक्ष र लेखापरीक्षणको प्रतिबेदन र लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक चुडामणी पौडेलले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

साधारणसभाकैक्रममा नेफ्स्कुनका वरिष्ठ प्रशिक्षक दुर्गा ढकालले सहकारीको वर्तमान गतिविधि, ऐन, नियमावली र चिस्कुन र नेफ्स्कुन बिचको साझेदारी कार्यक्रम सम्बन्धमा प्रशिक्षण पनि दिनुभएको थियो। त्यसैगरी साधारणसभामा प्रस्तुत प्रतिबेदन र प्रस्तावहरु उपर उपस्थित साकोस प्रतिनिधिहरु बिच व्यापक छलफल गर्दा प्रस्तुत सबै प्रस्ताव र प्रतिबेदनहरु सर्वसम्मत पारित गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर