कर्नाटक राज्यका सहकारीकर्मीले गरे सूचना चौतारी र उपलब्धिको अध्ययन भ्रमण


काठमाडौं, १ मंसिर । भारतको दक्षिण क्षेत्रको कर्नाटक राज्यबाट नेपालको समग्र सहकारी आन्दोलनको अध्ययन भ्रमणकालागि ९ सदस्यीय टोली नेपाल आएको छ ।

यसैक्रममा टोलीले आज सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेड र उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भ्रमण गर्यो । कर्नाटक राज्यको बैंगलरुबाट आएको बसावेश्वरा मिडिया फेडेरेसन लिमिटेडको कार्यसमितिको टोलीलाई सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेड र उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा एक कार्यक्रमकाबीच स्वागत तथा अनुभव साटासाटको कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा भारतको सहकारी अभियानकोबारेमा टोलीका प्रमुख गुरुनाथ जन्तिकरले प्रकाश पार्नुभएको थियो । उहाँले सहकारीबाट नेपालमा सूचना चौतारीले सञ्चालन गरिरहेका मिडियाहरुको काम र प्रभावको प्रशंसा गर्नुभएको थियो ।

उहाँले भन्नुभयो– ‘नेपालको सहकारी आन्दोलनबाट हामीले पनि नयाँ कुरा सिक्ने अवसर मिलाएकोमा सूचना चौतारी र उपलब्धि सहकारी संस्थालाई धेरै धन्यवाद ।’ भ्रमण टोलीमा बसावेश्वरा मिडिया फेडेरेसन लिमिटेडका गुरुनाथ जन्तिकर, केएस कारन्जे, श्रीकान्त स्वामी, सतिस पाटिल, सञ्जिवकुमार पाटिल, सञ्जय क्यासा, शिववासाप्पा चन्माले, विर सेट्ठी र अनिरुथ एच सहभागी हुनुहुन्थ्यो ।

सहभागीहरुले भारतको विकासमा सहकारीले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । त्यसैक्रममा नेपालको सहकारी आन्दोलन र विकासक्रमकाबारेमा राष्ट्रिय सहकारी संघका सञ्चालक एवम् सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का सल्लाहकार चन्द्रप्रसाद ढकालले प्रस्टाउनुभएको थियो । उहाँले दुई देशबीचको सहकारी अभियानको अन्तक्रियाले समग्र सहकारी अभियान र दिगो विकास लक्ष्य अभियानमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सूचना चौतारी सञ्चार सहकारी संस्था लि. र सञ्चारकोबारेमा संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी गराउनु भएको थियो । उहाँले सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेड र नेपालको सहकारी अभियानसंगको यो सहकार्यलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

बहुउद्देश्यीय सहकारीहरुको नेपालको अवस्था र उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाकोबारेमा संस्थाका अध्यक्ष देवराज मिश्रले प्रकाश पार्नुभएको थियो । उपलब्धिका तर्फबाट भ्रमण टोलीका सदस्यहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

उपलब्धि भवन कैलाशचौरमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सूचना चौतारी सञ्चार सहकारीका लेखा सुपरीवेक्षण समितिका सदस्य रमिला श्रेष्ठ शाक्यले गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर