स्वागतम् साकोसको १०औं वार्षिक साधारणसभा सम्पन्न


स्वागतम् बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठी बालकुमारीचौरमा शनिवार सम्पन्न भएको छ ।

स्वागतम् साकोसका अध्यक्ष जगतलाल महर्जनको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले संस्थाको शेयर पुँजी बढाउँदै लैजाने निर्णय गरेको छ ।

कार्यक्रमको अतिथि, संस्थाको सदस्य एवम् कांग्रेस नेत्री उर्मिला के.सीले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्य राख्ने क्रममा उहाँले सहकारीले राष्ट्रको मेरूदण्डको रूपमा काम गरेको बताउनुभयो । सहकारीलाई राष्ट्रबाट सिध्याउने चलखेल भएकोले सबै एकजुट भई लड्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन संस्थाका सचिव गोकुल डंगोलले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार सानुराजा महर्जन,बाल बचत तर्फ कृष महर्जन,सुरत महर्जन र बन्धना थापा, ज्येष्ठ नागरीक तर्फ निक्ष्यमाया महर्जन,मुतलाल महर्जन, निक्ष्यबहादुर महर्जन,कृष्णकुमारी महर्जन,श्री राम महर्जन, गोपाल डंगोल, अष्टमाया महर्जन,राम माया  महर्जन लगायतलाई सम्मान गरीएको थियो ।

संस्थाका अध्यक्ष जगतलाल महर्जनले अन्तिम मन्तव्य प्रस्तुत गर्दै यस स्वागतम् साकोसले स्थापनाकालदेखिनै सामाजिक विकासको काम गरेको र यसलाई निरन्तरता दिने बताउनुभयो । २०६६ सालमा स्थापना भएको यस संस्थाले २०६८ सालमानै स्वागतम् द्वारको निर्माण गरेको, समय समयमा स्वास्थय सिविर सञ्चालन गर्ने गरेको बताउनुभयो । हाल संस्थाले शेयर सदस्यहरू पैसा अभावको कारणले उपचार गराउनबाट वञ्चित नहोस भनेर सुमेरू र गणेशमान सिंह मेमोरियल हस्पिटलसँग सम्झौता गरी शेयर सदस्यहरूलाई १५ देखि २५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा लाखेनाच प्रस्तुत गरीएको थियो । त्यस्तै गोला प्रथाबाट श्री गणेश कण धिमे थल भजन मण्डलिलाई रू १५ हजार प्रदान गरीएको थियो । संस्थाले यस्ता संस्कृति जर्गेणाको निम्ति विभिन्न कार्यक्रमहरू गर्दै आएको र हरेक वर्षको साधारणसभामा भजन मण्डलीहरूलाई नगद सहित सम्मान गर्ने गरेको संस्थाका अध्यक्ष महर्जनले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर