काठमाडौं जिल्ला क्षेत्र न.८को पहिलो अधिवेशन सम्पन्न


नेशनल को- अपरेटर्स एलाईन्स नेपाल, काठमाडौं जिल्ला क्षेत्र न.८को पहिलो अधिवेशन २०७६ मंसिर २८ गते स्वष्तिक फूड ल्याण्ड सोल्टि मोड काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कंग्रेसका सचेतक तथा पूर्व रक्षा मन्त्री बालकृष्ण खाँड र  पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सचेतक खाँडले सम्बोधन गर्दै सहकारीमा आबद्ध भएकाहरूलाई मात्र अब पार्टिले टिकट दिने बताउनुभयो । त्यस्तै कार्यक्रममा अर्का प्रमुख अतिथि जोशीले विभिन्न उद्योगहरूलाई पनि सहकारीमा आवद्ध गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

 

काठमाडौं जिल्ला क्षेत्र न.८ का पूर्व संयोजक अमरावति बलामि महर्जनले साना तथा ठूला उद्योग व्यवसाय एवम् सम्पूर्ण निम्न-उच्च वर्गका जनता सम्म सहकारीको पहुच पुग्ने भएकोले नेपाली कंग्रेसमा आस्था राख्ने सहकारीकर्मीहरूको संगठन नेशनल को-अपरेटर्स एलाईन्सलाई पार्टिबाट पनि आफ्नो दायरा बनाएर व्यवस्थित गरिदिनुहुन अनुरोध गर्नुभयो ।  कार्यक्रममा काठमाडौं जिल्ला क्षेत्र न. ८ का  सह संयोजक रमिला श्रेष्ठ शाक्यले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यस्तै नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रममा नेशनल को-अपरेटर्स एलाईन्स काठमाडौंका वरिष्ठ उपाध्यक्ष मनोज भण्डारी लगाएत अन्य पदाधिकारीहरू साथै क्षेत्र न.८ का ईकाइ सभापतिहरू, तरूण दलका पदाधिकारीहरूको पनि राम्रो उपस्थित रहेको थियो ।

 

विक्रम श्रेष्ठको अध्यक्षतामा १५ जनाको क्षेत्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

क्षेत्रीय समितिहरूः                                                                

१)विक्रम श्रेष्ठ, अध्यक्ष

२)शेर बहादुर जि.सी, उपाध्यक्ष

३)प्रविणा रावल, म.उपाध्यक्ष

४)बिनोद कुमार श्रेष्ठ, सचिव

५)रमना महर्जन, कोषाध्यक्ष

६)राजेन्द्र तण्डुकर, स. कोषाध्यक्ष

७)रामेश्वर डंगोल, सदस्य

८)भगवती जोशी, सदस्य

९)संगिता खड्का, सदस्य

१०)लक्ष्मी नेवा, सदस्य

११) विमला वस्नेत, सदस्य

१२)सुबोध प्रधान, सदस्य

१३)दुर्गा रेग्मी, सदस्य

१४) सुनिल बुर्लाकोटि, सदस्य

१५)मैया चापागाँई, सदस्य


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर