उपलब्धि बहुउद्देश्यीय सहकारीका सदस्यद्धयबाट न्यानो कपडा बितरण


बाक्लो कपडा नपाएर जाडो खेपिरहेका जाँजरकोटका २७ अनाथ बालवालिकालाई काठमाण्डौँ स्थित उपलब्धि बहुुउदेश्यिय सहकारीका सदस्यद्धय हाँसा कुुमारी मल्ल र तारा निरौलाले जाँजरकोट स्थित भेरी नगरपालिका वडा नं ३ नेपाल आमा अनाथाश्रममा रहेका २७ जना बालवालिकाहरुलाई न्यानो ज्याकेट र टाउजर बितरण गर्नुुभएको छ । केहि समय अगाडि कुुशेमालिका अनलाइनमा ती बालवालिकाहरुको समस्या बारे प्रकाशन भएको समचार पढेपछि ती बालबालिकाहरुलाई आफ्नो निजि खर्चमा सदस्य द्धयले उक्त कपडाको व्यबस्था गर्नु भएको हो । मल्ल र गौतमले दिएका ती कपडाहरु कुुशेमालिका अनलाइनका सम्पादक जनक केसीको समन्वयमा भेरी नगरपालिका मेयर चन्द्रप्रकाश घर्ति र नेपाल पत्रकार महासंघ जाँजरकोटका कोषाध्यक्ष दिप बहादुर घर्ती द्धारा बितरण गरिएको हो ।


बुधबार अनाथाश्रममा आयोजित बिशेष कार्यक्रमका बिच ती बालबालिकाहरुलाई मल्ल र गौतमबाट प्राप्त भएका न्याना कपडाहरु हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बोल्दै नगर प्रमूूख घर्तिले चिसोमा न्यानो कपडा नपाएर आपतमा परेका बालबालिकाहरुलाई सहयोग गरेर मल्ल र गौतमले पुण्य कमाउने काम मात्र नगरि धन भएर मन नभएकाहरुलाई राम्रो पाठ सिकाएको बताउनुुभयो । सोहि अबसरमा उँहाले सन २०२१ को डिसेम्बर सम्म भेरी नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन आफुुँहरु लागि परेको कुुरा बताउनुुभयो ।
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिप बहादुुर घर्तिले बालबालिकाको आधारभुुत आबश्यकता पुुर्तिको लागि सरकार र सरोकारवाला निकाय र व्यक्तिले गम्भिर भएर काम गर्नुपर्ने बताउनुुभयो ।
त्यस्तै आश्रमकी अध्यक्ष शारदा हमालले कपडा दिने मल्ल र तारा गौतमलाई परोपकारी काम गरेकोमा धन्यबाद दिनुुभयो । त्यस्तै उँहाले ती बालबालिकाको लागि तत्काल खाना, कपडा, र शैक्षिक सहयोगको सम्बन्धित अन्य कुुनै निकाय बाट पनि ठुुलो सहयोग नभएको गुुनासो गर्नुुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर