महिला उद्यमी उपभोक्ता सहकारीको ८ औं साधारण सभा सम्पन्न


“विषादि होइन अर्गानिक खोजौं, विदेशी होइन स्वदेशी रोजौं” भन्ने मुल नारा बोकेको महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. काठमाडौंको ८ औं वार्षिक साधारण सभा काठमाडौंको कोटेश्वर स्थित ह्वाईट प्यालेस होटेल मा प्रमुख अतिथि पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश वास्कोटाको प्रमुख आत्थ्यतामा सम्पन्न भयो ।

विरूवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वास्कोटाले अब महिला उद्यमी उपभोक्ता सहकारी अन्य सहकारी भन्दा फरक पहिचान बोकेर नेपालभर सातै प्रदेशमा प्रदेश समिति संयोजक, ५४ जिल्लामा जिल्ला संयोजक समेत तोकिसकेर अगाडि बढेको यो संस्थाले आफ्नो माटो सुहाउदो व्यवसायमा एक सहकारी एक उत्पादनमा जोड दिएर देशमा बिग्रदै गएको जलवायू परिवर्तन, विभिन्न कडा-कडा रोग लाग्ने र विदेशियका यूवाहरूलाई स्वदेशमा नै स्वरोजगार सृजनागर्नका साथै यस संस्थाद्वारा उत्पादित इ.एम. आफ्नो अर्गानिक चिया बगान कञ्चन जंगा टि स्टेटमा प्रयोगात्मक परिक्षण शुरू भै सकेको हुँदा यसले सकारात्मक नतिजा दिनेमा ढुक्क भएको र अब पूर्वमा रहेको अर्गानिक चिया ऐसोसियसनले इ.एम. प्रयोग गरि संस्थाद्वारा उत्पादित सामाग्रीको खपत हुने कुरा बताउनु भयो । भारतको इप्को संस्थाको उदाहरण दिदै वास्कोटाले अब नेपालमा पनि दिदी बहिनिद्वारा सञ्चालन गरेको संस्थाले नेपालको अर्थ व्यवस्थापनमा ठूलो सहयोग गर्ने कुरा समेत बताउनुभयो ।

त्यसै गरी नेफ्स्कूनका लेखा समिति सदस्य तथा सूचना चौतारीका अध्यक्ष विपिन शर्माले यती ठूलो महिलाहरूको सञ्जाल रहेको सहकारीले देश विकासमा ठूलो फड्को मार्न टेवा पुर्याउने कुरा बताउनुभयो। त्यसै गरी कृषि वैज्ञानिक गोविन्द अधिकारीले यस संस्थाले गर्न चाहेको अर्गानिक अभियानलाई बढाउन अर्गानिक भनेर मात्र नहुने, त्यस ठाउँमा अर्गानिक खेती गर्न आवश्यक कच्चा पदार्थको खोजी, प्रक्रिया र त्यसलाई अवलम्बन गरी अर्गानिक खेती आजको आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘ओक्राल्याण्ड विजनेश प्रा.लि.ले अब उद्यमी र मनमुरी संस्थाद्वारा उत्पादित सामग्रीहरूको गुणस्तर वृद्धि गरी विदेशमा निर्यात गर्न पहल गर्ने’ बजारविज्ञ पुष्पराज शाहीले बताउनुभयो । त्यस्तै सि.ई.सि.आई.का कार्यक्रम अधिकृत कञ्चन भण्डारीलाई संस्थाको प्रतिनिधिको तर्फबाट सि.ई.सि.आईले विगतमा यस उद्यमीलाई गरेको साथ र सहयोगको कदर गर्दै शेलाउन लागेको महिला अभियानलाई नेपालभर फैलाउन सि.ई.सि.आईले गरेको योगदानको कदर गर्दै विशेष सम्मानको साथ कदर पत्र प्रदान गरेको थियो । कञ्चन भण्डारी ले आफ्नो उद्देश्यबाट पछाडि परेका महिला वर्गलाई उत्थान गर्ने कार्य ले कोष्ट क्यापिटल सेभिङ बाट ६ जना क्यानडियन स्वयमसेवक ल्याएर यस उद्यमीलाई ५ वटा विद्या (पञ्च वर्षिय रणनीतिक योजना तर्जुमा, व्यवसायिक योजना, वित्तिय साक्षरता, सूचना प्रविधि तथा व्यवसाय प्रबद्दन) सम्बन्धि १०५ वटै संस्थाका प्रतिनिधिलाई आवाशिय तालिम सञ्चालन गरेको कुरा बताउनुभयो ।

 संस्थाका सञ्चालक सदस्य उमा प्रधानद्वारा सञ्चालित उक्त कार्यक्रममा संस्थाका सचिव निर्मला श्रेष्ठले आ.व.२०७५/७६ को प्रगति प्रतिवेदनका साथ आगामी वर्षको लागी कार्यक्रमहरू प्रस्तुत गर्नुभयो भने संस्थाका कोषाध्यक्ष भवानी श्रेष्ठले संस्थाको आ.व. २०७५/७६ का आर्थिक गतिविधी, लेखा परिक्षण प्रतिवेदन साथै आगामी वर्षको करिब १ करोड थप लगानीको बजेट प्रस्तुत गर्नुभयो ।

संस्थाका अध्यक्ष शान्ति गुरूङको सभाध्यक्ष,सि.ई.सी.आई नेपालका कार्यकारी अधिकृत कञ्चन भण्डारीको विशेष आतिथ्यता, कृषि वैज्ञानिक गोविन्द अधिकारी,बजार विज्ञ तथा ओक्राल्याणड विजनेश प्रा.लि.का सल्लाहकार पुष्पराज शाही,वरिष्ठ प्रशिक्षक वच्चुराम बस्नेत, पूर्व सि.डि.ओ.मेघनाथ काफ्ले, नेफ्स्कून लेखा समिति सदस्य एवम् सूचना चौतारीका अध्यक्ष विपिन शर्मा लगायत नेपाल भरका १०९ वटा सहकारीका प्रतिनिधिहरूको ऊपस्थितिमा भव्यताका साथ कार्यक्रम सम्पन्न भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर