सिवाईसी साकोस उत्कृष्ट संस्थाको रुपमा सम्मानित


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभाका अवसरमा बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था, बचत र ऋण तर्फ देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ । काठमाडौंमा पौष ३ गते सम्पन्न उक्त सभामा सभाका प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेललाई सम्मान गर्नुभएको हो ।

साधारणसभाका अवसरमा बैंकको सदस्य संस्था समेत रहेको सहकारीले सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरेको थियो । सिवाईसी साकोस सूचना चौतारी सञ्चार सहकारी संस्थाको सदस्य संस्था पनि हो । सम्मानित सिवाईसी बचत तथा ऋण सहकारी संस्थालाई सूचना चौतारी सञ्चार सहकारी संस्थाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?