नेफ्स्कूनको नवनिर्वाचित टीमलाई मन्त्रीको स्वागत


पुष ६, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को नवनिर्वाचित टीमलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले स्वागत तथा शुभकामना प्रदान गर्नुभएको छ । आज विहान मन्त्री निवास हरिहरभवनमा आयोजित एक समारोहका बीच मन्त्री अर्यालले नेपालको सहकारी क्षेत्रको विकास र प्रबर्द्धनका लागि संघको नवनिर्वाचित टीमले उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सहकारीमार्फत मुलुकको दीगो विकास र आर्थिक समृद्धी निर्माणमा तपाईहरु अगाडि बढ्नुहोस म सँधै तपाईहरुको साथमा छु ।”

नवनिर्वाचित अध्यक्ष परितोष पौड्यालले अभियानको सुदृढीकरणका लागि वित्तीय सक्षमता कायम गर्दै विद्यमान चुनौतिपूर्ण विषयहरुको प्रभावकारी समाधानका लागि ऐक्यवद्धता सहित अगाडि बढ्ने र मन्त्रीज्यूले प्रदान गर्नुभएका उत्प्रेरणात्मक निर्देशनहरुको अक्षरश पालना गर्ने प्र्तिबद्धता व्यक्त गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर