वित्तिय साक्षरता र सहकारी शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न


बागलुङ, ६ पुष । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ गल्कोट शाखाले पुस ५ गते गल्कोट नगरपालिका वार्ड नं. ०४ चमुवामा वित्तिय साक्षरता र सहकारी शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँटोल समन्वय उपसमिति समेत गठन गरीएको छ । ग.न.पा.०४ चमुवा मा रहेका गैर शेयर सदस्य र शेयर सदस्यहरुलाई सहकारी शिक्षा मार्फत संस्थाको शेयर सदस्य बनाउने तथा उनीहरुलाई वित्तिय विषयहरुको जानकारी गराई वित्तिय रुपमा साक्षर बनाउने अभिप्रायले कार्यक्रममा  तालिमको आयोजना गरिएको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै सेवा केन्द्र प्रमुख रिमा भणडारीले संस्थाले दिएका सेवा सुबिधा ,सहकारीमा किन सदस्य बन्ने, सहकारीबाट हुने फाईदाहरु, सिवाईसी साकोस के हो ?, सिवाईसी साकोसबाट उपलब्ध हुने सेवा सुविधाहरु, संस्थाले सामाजिक सुरक्षा तथा मानविय संम्वेदना जस्ता गैर वित्तीय क्षेत्रमा गर्ने कार्यहरु र उपलब्ध गराउने सेवा सुविधा लगाएतका विषयहरुमा जानकारी  दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन गर्दै गल्कोट शाखाका सचिव खिम बहादुर साहानीले साकोसबाट हुने सेवासुविधा को बारेमा बताउदै गाउँटोल समन्वय उपसमिति चयन गर्नुको कारण बारे स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा सयपत्री सहकारीका कोषाध्यक्ष ओमकार शर्माले मन्तबय राख्दै सदस्यहरुले एक मात्र साकोस रोज्नु पर्ने, सेवा सुबिधा पनि एउँटा बाट मात्र लिने र जुन पायो तेहिँमा सदस्य बन्न नहुन समेत आग्रह गर्नुभयो । गाउँटोल समन्वय उपसमिति मा संयोजक चन्द्र प्रसाद शर्मा, सदस्य यम कुमारी सुवेदी , धन कुमारी बिक , सुनित्रा सुनार, श्याम सुवेदी चयन हुनुभएको छ । ३२ जनाको उपस्थिती रहेको कार्यक्रममा नयाँ बन्ने सदस्यहरुलाई पनि स्वागत गरीएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर