नेशनल को-अपरेटर्स एलाइन्स काठमाडौंका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई


काठमाडौं । नेशनल को-अपरेटर्स एलाइन्स काठमाडौंका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले आज आफ्नै निजी भवन चाक्सिबारी,ठमेलमा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

बधाई दिदै सिंहले नेपाली कांग्रेसको सङ्गठन विस्तार गर्न नेशनल को-अपरेटर्स एलाइन्सको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेशनल को-अपरेटर्स एलाइन्सलाई सबै लोकतन्त्रवादी सहकारीकर्मीको साझा छाता संस्था बनाउन अपिल गर्दै यो अभियानमा आफूले गर्नु पर्ने कार्य गर्न तयार रहेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर