सहकारी विभागद्वारा संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना


पुष ९, काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले साकोसहरुमा देखिएको वित्तीय जोखिम र जटिल सुशासन अवस्थालाई न्यूनीकरण गरी मर्यादित र सुशासनयुक्त साकोस निर्माणको अभियानलाई गति प्रदान गर्ने शुभकामना सहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ ।

सहकारी विभागमा आज आयोजित एक कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु र प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको उपस्थिति रहेको थियो ।

रजिष्ट्रार डा. पाण्डेले नेपालको सहकारी अभियान सुशासित र सुदृढ बनाउने विषयमा विभाग नेफ्स्कूनसँग सहकार्य गरेरै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले साकोस अभियानका लागि स्थिरीकरण कोष महत्वपूर्ण रहेको बताउँदै विद्यमान चुनौतीलाई पन्छाउँदै कार्यान्वयन पक्षमा जोड दिन आग्रह गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?