माई छिम्केश्वरी साकोसको पहिलो वार्षिक साधारणसभा सम्पन्न


तनहुँको आँबुखैरेनीमा सञ्चालित माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाको पहिलो वार्षिक साधारण सभा शनिबार आँबुखैरेनीको माई छिम्केश्वरी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि पूर्व वनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आँबुखैरेनीलाई नमुना गाउँपालिका बनाउनका लागि सहकारीको पनि मुख्य योगदान हुने बताउनुभयो ।

यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले छोटो समयमा नै अपेक्षा गरेअनुरुपको सफलता प्राप्त गर्न सकेको बताउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष प्रकाश अधिकारीले आर्थिक प्रतिवेदन, लेखा समिति एवं सुपरिवेक्षण समितिका संयोजक कृष्णमान तामाङले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाको भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले निकट भविष्यमा नै आँबुखैरेनी गाउँपालिका भित्रका गाउँ गाउँमा सेवा केन्द्र सञ्चालन गर्ने रणनीति लिएको संस्थाका सचिव प्रेम कुमार श्रेष्ठले बताउनुभयो ।

सचिव श्रेष्ठले सरकारको सहकारी नीतिलाई संस्थाले सदैव पालना गर्ने बताउदै माई छिम्केश्वरी बचत तथा ऋण सहकारी कुनै पनि सहकारीसँग मर्जरमा जान र ल्याउनका लागि तयार रहेको पनि बताउनुभयो ।

संस्थाको साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा  विशेष अतिथिको रुपमा गाउँपालिकाका पूर्व प्रशासकिय अधिकृत दुर्गा थापा रहनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?