सिम्रिकको सदस्य बाख्रा पालन गर्दै


सिम्रिक बचत तथा ऋण सहकारी  संस्थाका सदस्य श्री कृष्ण बहादुर खड्का बाख्रा पालन गर्दै छन । मेचिनगरमा बसोबास गर्ने कृष्ण बहादुर खड्का सुरुमा किराना सामानको खुद्रा व्यापार गर्दै आएका र हाल बाख्रा पालन गरीरहेका छन । सुरुवाती चरणमा ५ वटा माउ बाख्रा बाट सुरू गरेका कृष्ण बहादुरले हाल सम्ममा गाउ घर वाट नै लोकल जातका बाख्रा संकलन गरी हाल २८ माउ बाख्रा र १७ पाठा पाठी गरी जम्मा उनका खोरमा जम्मा ४५ बाख्रा रहेको बताउछन । उनी भन्छन सुरुवात गर्दा धेरै खोज्नु हुदैन , कम्ती बाट सुरू गरी पछाडि आफूलाई सो बारेमा जानकारी हुदै गए पछि बढाएर लान सकिने रहेछ भन्छन । अब विस्तारै कुखुरा , माछा , हास पालनलाई पनि अगाड़ी बढाएर लाने छु । घरमा सबैको साथमा बसी सबै परिवारको सदस्यको सहयोगले गर्यो भने सहज रुपमा व्यवसाय बढाउन सकिने रहेछ ।
उनका परिवारमा वुवा , आमा , श्रीमति सबै जना कृष्णको व्यबशाय प्रति खुशी रहेको भन्छिन उनकी आमा ! –सिम्रिक साकोस धुलावारी शाखा-


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
ब्राइट सहकारीकाे नयाँ प्रयाेग
सहकारीलार्इ फोर्स मर्जरमा लैजानुकाे विकल्प छैन