सिम्रिक साकोसद्वारा राहत वितरण


सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र धुलाबारी शाखाले बेशीबजारमा रहेका आफ्ना शेयर सदस्यको घरदैलोमा पुगेर राहात वितरण गरेको छ ।

राहात सुबिधा पाउने सदस्यहरु मुना गुरूङ, फुलमाया पौडेल, गिता सुनुवार, साइका लुङेली रहेका छन् । मुना गुरूङलाई श्रीमानको पत्थरिको अप्रेसन खर्च बापत १० हजार ५ सय ७५ रूपैयाँ, फुलमाया पौडेललाई छोराको उपचार खर्च बापत ८ हजार ७ सय ५० रूपैयाँ, गिता सुनुवारलाई ससुराको दुर्घटना उपचार खर्च बापत ६ हजार ८ सय ७५ रूपैयाँ र साइका लुङेलीलाई सुत्केरी सुबिधा बापत १ हजार ५ सय रूपैयाँ राहत प्रदान गरीएको थियो ।

२७ हजार ७०० रुपैयाँ बराबरको राहत वितरण सदस्य राहात कोषबाट गरिएको थियो । राहात रकम हस्तान्तरण धुलाबारी सेवा केन्द्र प्रमुख फणिन्द्र प्रसाद भट्टराई तथा सहकारी विभागका कर्मचारी दिवस गजुरेलले संयुक्त रूपमा गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२२औँ स्थापना दिवसमा लालिगुराँस सहकारीद्वारा एटिएम सेवा सुरुवात
विन्धवासिनी साकोसले सुरु गर्‍यो काठमाडौँबाट सेवा
भक्तपुर बचत संघको आमदानी दोब्बर
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न