जिल्ला सहकारी संघ लि. काठमाडौंको २० औं वार्षिक साधारण सभा सम्पन्न; नर्विरोध निर्वाचित पदाधिकारीहरू घोषित


जिल्ला सहकारी संघ लिमिटेड, काठमाडौंको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन समितिका संयोजक  कृष्णप्रसाद शर्माले  सम्पूर्ण निर्वाचन प्रकृया सम्पन्न गरि १३ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियो । हिजो भएको जिल्ला सहकारी संघ, काठमाडौंको निर्वाचन प्रक्रियामा सहमति पश्चात सम्पुर्ण उम्मेदवारी फिर्ता भई ज्ञान बाहादुर तामाङको नेतृत्वमा रहेको प्यानल सर्वसम्मत रूपमा निर्विरोध भएको थियो ।

 साधरण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं ७७ वटै जिल्लाको केन्द्र भएको हुनाले, काठमाडौं जिल्ला सहकारी संघ अरू जिल्ला संघहरू भन्दा फरक हुनु पर्ने बताउनुभयो । उहाँले अब काठमाडौं जिल्ला सहकारी संघको आफ्नै भवन हुनुपर्ने बताउदै अबका अध्यक्ष ज्ञान बाहादुर तामाङको कार्यकालमा भवन बन्न सफल होस भन्ने शुभकामना दिनुभयो । सहकारी सामाजिक कार्य गर्ने ठाउँ भएको बताउदै बडालले सहकारी अभियन्ताहरूले व्यक्तिगत स्वार्थको निम्ति नभई राष्ट्र र सदस्यको हितको निम्ति कार्य गर्नु पर्ने बताउनुभयो ।

त्यस्तै सभाका विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले सहकारी साझा अभियान भएको हुनाले सबैले हातेमालो गरेर यो अभियानलाई अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि  राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा आई. सि. ए ग्लोबल बोर्ड मेम्बर ओमदेवि मल्लले काठमाडौं जिल्ला सहकारी संघले उदाहरणिय जिल्ला सहकारी संघको परीचय दिन सफल रहेको बताउनुभयो । साथै उहाँले संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति मा ३३ प्रतिशत महिलाको सहभागीता पनि जिल्ला सहकारी संघ काठमाडौंले नै सर्वप्रथम गराएको बताउनुभयो ।

कार्यक्रमका अर्का विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका लेख सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी सेवा गर्ने क्षेत्र भएको हुनाले यस क्षेत्रमा राजनीति नगरी समझदारीमा कार्य गर्नुपर्ने बताउनुभयो । त्यस्तै अर्का विशेष अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि. उप्रेतिले निर्वाचन नगरी सहमतिमै आगामि कार्यकालका पदाधिकारीहरू चयन भएकोमा  खुशी व्यक्त गर्नुभयो । उहाँले सहकारी बैंक सधै जिल्ला संघ लगाएत अरू सहकारी संस्थाहरूलाई  सहयोग गर्न तयार रहेको बताउनुभयो ।

 

 

त्यस्तै कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष परितोष पौडेल, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा लगायतले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

 

कार्यक्रममा निर्वाचन समितिको तर्फबाट निर्वाचन समितिका सदस्य तथा सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जिल्ला सहकारी संघ, काठमाडौंका निर्विरोध निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनुभएको थियो । कार्यक्रम दुई सत्रमा समपन्न गरीएको थियो । पहिलो सत्रमा साधारण सभा सम्बन्धी कार्यक्रम गरीएको थियो भने दोस्रो सत्रमा काठमाडौं जिल्ला संघका निर्विरोध निर्वाचित पदाधिकारीहरूको नाम घोषणा का साथै निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिने कार्यक्रम रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर