वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी संकल्प साकोसले मनायो १२ औं स्थापना दिवस


चन्द्रनिगाहपुर ,रौतहट । संकल्प साकोसले चन्द्रपुर नगर मा. वि स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेर आफ्नो  १२ औ स्थापना दिवस मनाएको छ । १२ औं स्थापना दिवसको अवसरमा  हिजो  “समृद्ध नेपालको निर्माणमा सहकारीको भुमिका ” विषयक चन्द्रपुर नगर मा. वि स्तरिय वक्तृत्वकला  प्रतियोगिताको आयोजना होलिभिजन एकेडमी चन्द्रपुर ८ सन्तपुरमा सम्पन्न गरिएको थियो ।  उक्त प्रतियोगितामा नगर भित्र रहेका १७ वटा सामुदायिक तथा संस्थागत बिद्यालयको सहभागीता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा  तराई जोन एकेडेमीकि रेश्मा पौडेल प्रथम , मुनलाइट्की रितिका लामा द्दितिय, नमुनाकी निरुता खरेल तृतीय तथा सान्त्वनामा चन्द्रज्योतिका सत्यम झा र होलि भिजनका प्रकृति चौलागाईं भएका थिए ।

प्रतियोगिताका प्रथम,द्दितिय,तृतीय र सान्त्वनालाई क्रमश रु ४०००,३०००,२००० र १००० प्रदान गरिएको थियोे।प्रतियोगिताको निर्णायकमा माधब प्र. काफ्ले ,हरिकृष्ण काफ्ले र आलोक कोइराला रहनु भएको थियोे ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बिभु पोखरेल तथा कार्यक्रम सञ्चालन लेखा सुपरिवेक्षण समिति सदस्य राम चन्द्र तिमल्सिनाले गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
आमा समूहद्वारा सहकारी सञ्चालन
महासंघद्वारा सचिव न्यौपानेको स्वागत
चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को २३ औँ बार्षिकोत्सब सम्पन्न