जिल्लामा सञ्चालित दुई विषयगत सहकारी संघहरूको संयुक्त वार्षिक साधारण सभा सम्पन्न


पौष १९,सिन्धुली

 

सिन्धुलीमा सञ्चालित दुई विषयगत सहकारी संघहरु, जिल्ला उपभोक्ता सहकारी संघ लिमिटेड तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड  क.न.पा. ६, सिन्धुलीले संयूक्त वार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न भएको छ । उपभोक्ता सहकारी संघ लिमिटेडको छैटौं वार्षिक साधारण सभा तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको चौंथो वार्षिक साधारण सभा जिल्ला सहकारी संघ  सिन्धुलीका अध्यक्ष कृष्णराज के.सी.का.प्रमुख आतिथ्यतामा स्वर्णिम भविश्य साकोसको सभाहलमा सम्पन्न भएको हो । जिल्लामा भएका सहकारी संघहरुले ऐन निमय वमोजिम समयमा साधारण सभा गर्नु पर्ने तथा साधारण सभालाई आसन र भाषण रहित वनाउँदै सम्पन्न  र अभिप्रेरित गर्दै विगतका वर्षहरु देखिनै संयूक्त साधारण सभाको अभ्यास सिन्धुलीमा हुने गरेको उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइरालाले बताए ।

 

 विगत भन्दा यस वर्षको साधारण सभा सञ्चालन प्रकृया पनि अझ परक थियो,  जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्षले सभाध्यक्षता गरेका थिए भने  उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागी जनाउने विभिन्न विधागत संघ तथा संस्थाका प्रतिनिधहरुलाई अतित्थ्यता गराइएको थियो । सवैलाई एउटै मर्यादामा आसन ग्रहण गराइएको थियो । स्वागत मन्तव्य गर्दै गर्दा सभाध्यक्षले सवै बहुउद्देश्यीय सहकारी संघको अवस्थाको विषयमा चर्चा गरेका थिए भने  कार्यक्रम चालाउँदै गर्दा उपभोक्ता संघका अध्यक्षले उपभोक्ता सहकारी संघको आर्थिक वर्ष २०७५।०७६को अवस्था तथा भावि कार्यक्रमको बारे छोटकरीमा बताए  । कार्यक्रममा प्रमुख अतिथि,अतिथिहरूलाई न खादा थियो, न माला थियो, न व्याच नै लगाईको थियो । वक्ताको रुपमा प्रमुख अतिथिलाई मात्र दिइएको थियो ।कार्यक्रमलाई समयमा सुरु गरी २ घण्टा भित्रै सिध्याइएको थियो । सिन्धुली जिल्लामा सञ्चालित सहकारी संघको आयको श्रोत नभएको र सकृय कृयाकलाप गर्न नसकिएको दुखेसो व्यक्त गर्दै आगामी दिनमा प्रारम्भिक सहकारी संघ संस्थाहरुको विकासका लागि जिल्ला सहकारी संघ कटिवद्ध भएर लाग्ने प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज के.सी.ले  बताए ।

 

साधारण सभा सम्बन्धी औपचारीक कार्यक्रम पश्चात सहकारी ऐन , नियमावली तथा सम्पति  शुद्धिकरणको अनुशिक्षण सम्बन्धी कार्यक्रम भएको थियो । अनुशिक्षणको सहजिकरण जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष वाल कुमारी श्रेष्ठले गर्नु भएको थियो । सहकारी ऐन नियमको अज्ञाताका कारण सहकारी संस्था अन्जान मै दण्डित हुन नपरोस भनेर दुई संघको आयोजनामा भएको अनुशिक्षण कार्यक्रमले सहभागी संस्थाहरुमा नयाँ उर्जा मिलेको कमलामाई उपभोक्ता सहकारी संस्थाका अध्यक्ष हरि वस्नेतले वताए ।

 जिल्लामा  १  जिल्ला सहकारी संघ र ७ विषयगत सहकारी सघ सहित ५२२ प्रारम्भिक सहकारी रहेको छ । उपाभोक्ता सहकारी संघमा २२ प्रारम्भिक उपभोक्ता सहकारी  र बहुउद्देश्यीयमा ३१  बहुउद्देश्यीय सहकारी संस्थाहरु रहेको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर