सहकारी संस्था एकिकृत हुँदै


मोहनकुमार राई, संखुवासभा । चैनपुर नगरपालिका स्थित पोखरीमा सिद्धकाली बचत तथा ऋण सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थाले एकै साथ साधरण सभा गरी संस्था मर्ज गरी अब एउटै सस्था बन्ने भएको छ । एउटै काम एउटै उद्देश्यका साथ स्थापना भएको एकै ठाउँमा रहेको सहकारी संस्थाहरु रहेकोले अब संगठीत भएपछि आफ्ना कार्यक्रमहरु प्रभावकारी बन्ने शेयर सदस्यहरुले समेत बढी सेवा सुविधा पाउने भएकाले सरकारको नीति एवम् सहकारी संस्थाको नीति निदेर्शन अनुरुप नै मर्ज गर्न लागिएको जनजागरण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक चन्द प्रसाद तामाङले बताउनुभयो । यसैगरी अब संस्था मजबुद हुनका साथै प्रभावकारी सेवाप्रभा हुनेमा विश्वस्त रहेको एक शेयर सदस्य नमिता काफ्लेले वताउनुभयो ।

दुवैै संस्था एक भएर अघि बढन लागेकोमा चैनपुर नगरपलिकाका नगर प्रमुख भरत कुमार खत्रीले शुभकामना दिनुभयो । संस्थाले कृर्षकहरुलाई लक्षित गरी लागानी गरिरहेकोले अब संस्थाको लगानी निकै प्रभावकारी रहेको भन्दै यसमा नगरबाट समेत थप अनुदानको व्यवस्था गर्दै लैजाने समेत नगर प्रमुख खत्रीले वताउनुभयो ।

एकिकृत भएको सहकारी संस्थामध्ये जनजागरण बचत तथा ऋण सहकारी संस्थाको ५ सय ४७ शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ३१ लाख७५ हजार ९ सय ५० रहको । बचत १ करोड ३३ लाख ४८ हजार र ऋण लगानी २ करोड २० लाख २३ हजार ९ सय ३२ रहेको र वार्षिक २ करोड २५ लाख ४९ हजार ४ सय ८७ बराबरको कारोबार रहेको संस्थाको लेखा समिति संयोजक राजनकुमार राईले वताउनुभयो ।

यसैगरी ६ सय १७जना शेयर सदस्य रहेको सिद्धपोखरी बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी ५ लाख ११ हजार रहेको । बचत ३२ लाख ३४ हजार ४ सय ४८ रहेको , ४० लाख २ हजार लगानी रहेको संंस्थाले वार्षिक ४२ लाख १ सय ५३ बराबवरको कारोबार गरेको संस्थाका व्यवस्थापक चन्द्र बहादुर अधिकारीले वताउनुभयो ।

जनजागरण सहकारीका अध्यक्ष दलकुमार तामाङको सभापतित्वमा भएको कार्यक्रममा सिद्धपोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति खगेन्द्र खत्रीले स्वागत मन्तव्य दिनुभएकोे थियो । यसैगरी शेयर सदस्य छत्रकुमारी गुरुङ, शारदा माविका प्रअ अमृतबहादुर कार्की लगायतले शुभकामना दिनुभएको कार्यक्रमका सञ्चालक एवम् सिद्धपोखरी सहकारीका सचिव रामकुमार लिम्बूले वताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर