बागलुङमा २ दिने कर्जा व्यवस्थापन तालिमको सुरुवात


बागलुङ, २१ पौष २०७६ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा सोमबारदेखि बागलुङ बजारमा २ दिने ऋण व्यवस्थापन तालिमको सुरुवात भएको छ ।

वित्तीय कारोवार गरिरहेका सहकारी संस्थाहरुलाई लक्षीत गरी आयोजना गरिएको तालिमको उद्घाटन जिल्ला बचत संघका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक  चण्डिप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो ।  तालिमको उद्घाटन सत्रमा बोल्दै पौडेलले संस्थावाट लगानी गरिने ऋणहरु सुरक्षीत नियमसंगत र समयमै संस्थाभित्र फिर्ता हुन सक्छ भन्ने एकीन नगरी ऋण लगानी गर्न नहुने तर्फ सहकारी संस्थाहरु चनाखो हुनुपर्ने बताउनु भएको थियो ।

संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन सत्र कार्यक्रममा स्वागत तथा तालिम कार्यक्रमको बारेमा जानकारी प्रशिक्षक रनवहादुर थापा र सञ्चालन सचिव ऋषीराम गौतमले गर्नुभएको थियो ।

तालिममा २१ वटा संस्थाका ३५ जनाको सहभागिता रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?