राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा कँडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल निर्विरोध


राष्ट्रिय सहकारी महासंघको अध्यक्ष पदमा मिनराज कँडेलको एकल उम्मेदवारी परेको छ । त्यसैगरी महासंघको वरिष्ठ उपाध्यक्ष पदमा ओमदेवी मल्लको मात्र उम्मेद्वारी परेको छ । उपाध्यक्ष पदमा डिल्ली तिवारी, दक्ष पौडेल र रमेश पोख्रेलको उम्मेदवारी परेको छ भने लेखा समिति संयोजक पदमा धर्मदत्त देवकोटा र रविन्द्र के.सी.को उम्मेदवारी परेको छ । महासंघको कुल २५ पदका लागि ८० वटा मनोनयन पत्र दर्ता भएको छ ।

६ सीटमा काँग्रेस, गर्यो आधिकारी निर्णय

नेपाली काँग्रेस र नेकपा बीचको भागबन्डामा उपाध्यक्ष, ४ संचालक र १ लेखा समिति सदस्य लिएर काँग्रेसले सहमति गरेको जानकारी प्राप्त भएको छ । उपाध्यक्ष पदका उम्मेदवार डिल्ली तिवारीको नेतृत्वमा संचालकहरू राजेन्द्र पौड्याल, रामकृष्ण खाँड, रामबाबु यादव, पद्मा गुरूङ र लेखा सुपरीवेक्षण समितिमा बालकुमारी (विमला) श्रेष्ठलाई काँग्रेसले आधिकारिक उम्मेदवार चयन गरेको स्रोतले जनाएको छ । तथापी हालसम्म निर्णयलाई गोप्य नै राखिएको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको संशोधित निर्वाचन कार्यक्रम अनुसार भोलि बिहान ९ बजे भित्र उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसैगरी कागजात नपुगेका उम्मेद्वारले समेत उक्त समयावधि भित्र कागजात योग्यताको कागजात पूरा नगरेमा अन्तिम नामावलीमा नाम समावेश नहुने निर्वाचन समितिले जनाएको छ ।

सहमतिका उम्मेदवारहरु:

सञ्चालक समिति
अध्यक्ष, मिनराज कँडेल
वरिष्ठ उपाध्यक्ष, ओमदेवी मल्ल
उपाध्यक्ष, डिल्लीराम तिवारी
सञ्चालक प्रदेश नं. १,गणेश ढकाल
सञ्चालक प्रदेश नं. २, रामबाबु यादव
सञ्चालक प्रदेश नं. ३, डी.बी. बस्नेत
सञ्चालक गण्डकी प्रदेश, हुमाकुमारी जी.सी (अन्जु)
सञ्चालक प्रदेश नं. ५, रामकृष्ण खाँड
सञ्चालक कर्णाली प्रदेश, टिका बुढाथोकी
१० सञ्चालक सुदुरपश्चिम प्रदेश, तारा लामा तामाङ
११ सञ्चालक केन्द्रीय संघ/ बैंकको तर्फबाट, के.बी. उप्रेती
१२ सञ्चालक केन्द्रीय संघ/ बैंकको तर्फबाट, नारायण देवकोटा
१३ सञ्चालक केन्द्रीय संघ/ बैंकको तर्फबाट, सागर ढकाल
१४ सञ्चालक महिला,अमृता सुब्बा
१५ सञ्चालक महिला,पद्मा गुरुङ
१६ सञ्चालक खुला, खेमबहादुर पाठक
१७ सञ्चालक खुला, भिम तुलाचन
१८ सञ्चालक खुला, टेक प्रसाद चौलागाई
१९ सञ्चालक खुला, राजेन्द्र पौडेल
२० सञ्चालक खुला, लक्ष्मण यादव
२१ सञ्चालक खुला, शिव डाँगी
२२ सञ्चालक खुला, लक्ष्मी प्रसाद शर्मा
क्र.सं. लेखा सुपरीवेक्षण समिति
संयोजक, धर्मदत्त देवकोटा
सदस्य, सोमबहादुर श्रेष्ठ
सदस्य, बालकुमारी विमला श्रेष्ठ

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?
‘बिपी चिन्तन र सहकारी’ विषयक विमर्श सम्पन्न
उपासना सहकारीद्वारा एएके खाद्य उद्योगको उद्घाटन सम्पन्न
“संकट अघि र पछिको सहकारी भुमिका”