बिराज साकाेसको नवौँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडाैं २५ पुस । बिराज बचत तथा ऋण सहकारी संस्था लि.को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नवौ वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रसाद बाँस्कोटाले नेपालमा सहकारीको विकासको इतिहासलाई स्मारण गर्दै विराजले गरेका कार्यहरुको प्रशाँसा गर्नु भयो ।

 

प्रमुख अतिथि बाँस्कोटाले सहकारी संस्थाहरुले आर्थिक उन्नयनसँगै सामाजिक विकासमा विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो । संविधान सभाका सदस्य पूर्वमाननीय रामहरि खतिवडाले सहकारी ऐनमा भएका केही व्यवस्थाहरुले सहकारी संस्थाहरु संचालनमा कठिनाई भएकाले बताउनु भयो ।

जेपी प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले २०४८ सालमा आएको सहकारीको ऐन निर्माण गर्दा आफु समेत सहभागी भएको स्मरण गर्दै सहकारी अभियान्ताहरुले सहकारी ऐन २०७४को अध्ययन गर्नु पर्ने कुरामा जोड दिनु भयो । विराज साकोसका कानूनी सल्लाहकार तथा अधिवक्ता केशव दाहालले सहकारी ऐन २०७४ र नियमावली २०७५ मा भएका व्यवस्थाहरुको जानकारी दिनु भएको थियो ।

 

अधिवक्ता विष्णु लुईटेलले सहकारी संस्थाको विकासमा ऐन तथा काकुनले सहजिकरण गर्नुपर्ने कुरामा जोड दिदै सहकारी ऐनमा भएका केही व्यवस्थाहरुले सहकारी संस्थाको विकासमा अवरोध गरेको बताउनु भयो । निर्वाचन समितिको संयोजक तथा सहकारी विज्ञ लेखनाथ दाहालले संचालक समिति र लेखा सुपरिक्षेण समितिको निर्वाचन प्रक्रियाको जानकारी दिर्दै निविरोध निवार्चित बधाई ज्ञापन गर्नु भयो ।

नवौं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष दिनेश कुमार मगरले वार्षिक प्रतिवेदन पेश गर्दै विराज साकोसलाई सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । शेयर सदस्य श्रीकृष्ण थपलियाले विराजले गरेका कार्यहरु अनुकरणीय रहेको बताउनु भयो ।

 

संस्थाका उपध्यक्ष तथा साधारणसभा प्रबन्ध समितिका संयोजक रामप्रसाद दाहालले स्वागत गर्नु भएको थियो । नवौं वार्षिक साधारणसभाका प्रमुख अतिथि दिपकप्रसाद वाँस्कोटाले सेयर सदस्यहरूमध्येबाट उत्कृष्ट कारोवार गर्ने सदस्य ज्यामबहादुर तामाङ, दिक्पाल कटवाल, मनु कार्की र छिरी शेर्पालाई पुरस्कृत गर्नु भएको थियाे ।

त्यसैगरी शेयर सदस्यका छोराछारी मध्येबाट सेयर सदस्य मैया पौडेलकी छोरी प्रतिभा पौडेल र सेयर सदस्य लेखनाथ दाहाल र सेयर सदस्य शकुन्तला दाहालका छोरा ओममणि दाहाललाई यस वर्षको विराज सहकारी शिक्षा पुरस्कार २०७६ प्रदान गर्नु भयो ।

गत गतवर्षदेखि प्रारम्भ गरिएको जेष्ठ नागरिक सम्मान तथा पुरस्कार यस वर्ष संस्थाका ज्येष्ठ सदस्य पं. मिनकुमार पौडललाई विराज सहकारी जेष्ठ नागरिक सम्मान २०७६ प्रदान गर्नु भयो । नवौ वार्षिक साधारण सभाबाट दिनेशकुमार मगर संचालक समितिको अध्यक्षमा पुन निर्विरोध निवार्चित हुनु भएको छ । संचालक समितिको उपाध्यक्ष रामप्रसाद दाहाल, सचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा नरबहादुर कटवाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

 

संचालक समितिको सदस्यहरुमा मीनाकुमारी राई , भक्तबहादुर मगर , राजेन्द्रप्रसाद दाहाल, सीता रेग्मी दाहाल र जानुका कुमारी तामाङ निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा नवराज दाहाल सदस्यहरुमा अर्जुनकुमार दाहाल र लेखनाथ दाहाल निर्वाचित हुनु भएको छ ।

 

नवौं वार्षिक साधारण सभाको कार्यक्रमको सहजिकरण शेयर सदस्य गान्र्धवारज पौडेलले गर्नु भएको थियो । कार्यक्रममा विराज साकोसका जेष्ठसदस्य तेजप्रसाद दाहालले र श्रीकृष्ण थपलियाले बाबु गुमाएका रोशन सापकोटा र रविन सापकोटाको शिक्षा आर्जनका लागि आर्थिक सहयोगसमेत प्रदान गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर