बछौली नारी चेतना साकोसको नयाँ सेवा केन्द्र स्थापना


चितवन । रत्ननगर नगरपालिका वडा न. ६ मा रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले टाँडी बजारमा पहिलो सेवा केन्द्र स्थापना गरेको छ । बजार क्षेत्रका शेयर सदस्यको हितलाई ध्यानमा राखेर सो सहकारीले टाँडीचोक नजिक रहेको चेम्बरमार्गमा सेवा केन्द्र स्थापना गरी कारोवार सुरु गरेको हो ।

सेवा केन्द्रका उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले बछौली नारी चेतना महिलाहरुको अग्रणी संस्था रहेको भन्दै यसले गरेको कारोवार विश्वासनीय रहेको बताए । उनले महिलाहरुको आयआर्जन र रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न सो सहकारीलाई आग्रह गरे । सहकारी पैसा किन्ने र बेच्ने काममा मात्र सिमित हुनुहुदैन उनले भने सहकारीले रोजगारी सृजना गर्न सक्नु पर्छ ।

वडाध्यक्ष शर्माले सहकारीले गरेको सामाजिक कामको प्रशंसा समेत गरे । २०५५ सालमा स्थापना भएको सो सहकारीको २ हजार १५० शेयर सदस्य तथा ८५० वालबचतकर्ता रहेको व्यवस्थापक शारदा विडारीले जानकारी दिइन । कुल पूँजि १७ करोड ३१ लाख २५ हजार,कुल शेयर रकम २ करोड ९ लाख ९५ हजार,कुल ऋण लगानी १४ करोड २१ लाख ६९ हजार,संस्थागत पूँजि ५ प्रतिशत रहेको व्यवस्थापक विडारीले जानकारी दिइन ।

सेवा केन्द्र उद्घाटनको दिन १०० जनाले शेयर खरिद गरेको र ५० जनाले वालबचतको लागि खाता खोलेको व्यवस्थापक विडारीले बताइन । सेवा केन्द्र उद्घाटनको अवसर पारेर वाल बचत खाता निशुल्क खोल्ने व्यवस्था मिलाइएको थियो । टाँडीमा खुलेको सेवा केन्द्रबाट मन्जुला श्रेष्ठले पहिलो शेयर खरिद गरेकी थिइन ।

संस्थाकी अध्यक्ष बविता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय बचत तथा ऋण सहकारी संघ फिल्ड कार्यालयकी प्रमुख यमकला पौडेल,चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी सदस्य प्रमिला ढकाल,रत्ननगर रेडक्रसका सभापति गोविन्द श्रेष्ठ,संस्थाकी उपाध्यक्ष भागिरथी कुमारी घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

सो सहकारीको सेवा क्षेत्र रत्ननगर नगरपालिकाका १६ वटै वडा रहेको छ । बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था चितवन जिल्लामै महिलाहरुले सञ्चालन गरेका सहकारी मध्य अग्रणी संस्था हो ।

–     खबर तरङ्गबाट-

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
आमा समूहद्वारा सहकारी सञ्चालन
महासंघद्वारा सचिव न्यौपानेको स्वागत
चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को २३ औँ बार्षिकोत्सब सम्पन्न