सिद्धि गणेश साकोसको १२ औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा संस्थाको अध्यक्ष राजु राज जोशीको सभापतित्त्वमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै समाजको विकास गर्न सर्वप्रथम सहकारीकर्मिहरूलाई उद्यमी बनाउन जरूरी रहेको बताउनुभयो । ऐनहरू सहकारी मैत्री हुनुपर्ने, महिलाहरू उद्यमी हुनुपर्ने कुरा जोशीको रह्यो । तीन खम्बे अर्थनीति मध्य सहकारी पनि एक भएको हुनाले सहकारी बलियो हुनुपर्ने प्रमुख अतिथि जोशीले बताउनुभयो ।

 

कार्यक्रममा संस्थाका अध्यक्ष राजु राज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष सन्जिब भक्त श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?