नेफ्स्कूनको सञ्चालक समितिका सदस्यहरुले प्रतिनिधित्व गरेका सबै संस्थाहरु स्तरीकरण कार्यक्रममा सहभागी गराईने


माघ ६, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि(नेफ्स्कून)को नवनिर्वाचित सञ्चालक समितिको २८६ औं नियमित बैठक अभिमुखीकरण सहित माघ ३ गते सम्पन्न भएको छ ।

नेपालको बचत अभियान, संघको परिकल्पना तथा विद्यमान अवस्थाको विषयमा संघका प्रमुख कार्यकारी अधिकृतको प्रस्तुतीकरण सहित शुरुवात गरिएको यस कार्यक्रममा संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले साकोस अभियानमा सञ्चालकहरुको भूमिकाको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा संघले सुरक्षित साकोस अभियानको पक्षमा बहस पैरवी गर्ने, एकिकरणलाई जोड दिने, छुट्टै बचत तथा ऋण सहकारी ऐनको लागि पहल गर्ने, गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुको प्रबर्द्धन गर्ने विषयमा संघका सञ्चालकहरुको समुहगत धारणा बनाउनुपर्नेमा केन्द्रित रहेको थियो ।

साथै संघको २८६ औं बैठकले समयसामयिक विषयहरु लगायत संघको आगामी चार वर्षे रणनीतिक योजनाको मस्यौदा तयार गर्ने र सञ्चालक समितिमा रहेका सबै सञ्चालकहरुको संस्थालाई संघद्धारा कार्यान्वयन गरिएको स्तरीकरणका कार्यक्रमहरुमा आवद्ध गराउने प्रतिवद्धता सहित संघका अध्यक्ष परितोष पौड्यालले बैठकको समापन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर