थाईल्याण्ड जाने सहकारीकर्मीहरुको विदाई


 ललितपुर । राष्ट्रिय सहकारी महासंघ लि, नेपालको आयोजना तथा थाईल्याण्ड सहकारी अभियानको शिर्ष निकाय को-अपरेटिभ लिग अफ थाईल्याण्ड(सि.एल.टि) को संयोजकत्वमा यहि जनवरी २० देखी २४,  सम्म थाईल्याण्डमा हुने सहकारी अध्ययन अवलोकन भ्रमणको लागि २३ सदस्यिय सहकारी टोलिलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले विदाई गर्नुभयो । सो अवसरमा अध्यक्ष कंडेलले थाईल्याण्डको सहकारी अभियान बाट धेरै कुरा सिक्न सकिने र सो सिकाईलाई नेपालमा प्रयोग गर्न टोलिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क राख्नुभएको थियो ।

 

संघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले उक्त भ्रमण कार्यक्रमको विभिन्न पक्षको बारेमा जानकारी गराउनुभएको थियो । विभिन्न १० जिल्लाबाट सहकारीको नेतृत्व तह तथा उच्च व्यवस्थापनबाट सहभागिता भएको उक्त भ्रमणको नेतृत्व महासंघका संचार अधिकृत रामसुदन तिमल्सिनाले गर्नुभएको छ । टोलिले उक्त अवसरमा थाईल्याण्डको सि.एल.टि, सि.यु.एल.टि, कृषि सहकारी  लगायतका सहकारीको भ्रमण गर्नुका साथै थाईल्याण्डका रमणीय स्थलहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

 

विदाई कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल एवं लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा लगायतका संचालक एवं नेफ्स्कूनका अध्यक्ष एवं पदाधीकारीज्यूहरुको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर