क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न


बनेपा । नारी चेतना केन्द्र नेपालको आयोजनामा हिजो बनेपामा नारी चेतना केन्द्र नेपाल प्रबर्धित विभिन्न सहकारीका पदाधिकारीहरुको एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भयो । करिव ७० जनाको सहभागिता रहेको  कार्यक्रममा सहकारी नियमावलीमा भएका विभिन्न व्यवस्थाहरुबारे पदाधिकारीहरुलाई जानकारी गराउनुका साथै महिला सहकारीहरुले भोगेको विभिन्न चुनौतीहरुमा केन्द्रित हुदै पदाधिकारीहरुले निभाउनुपर्ने भुमिका बारे बृहत रुपमा छलफल भएको थियो ।

कार्यक्रमको सहजिकरण नारी चेतना केन्द्र नेपालका अध्यक्ष सृजना पौडेल, सचिव शान्ती लामा तथा काभ्रे जिल्ला संयोजक मन्जु घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा सहभागी नारी जागरण सहकारीका अध्यक्ष निर्मला श्रेष्ठले कार्यक्रम असाध्यै समसामायीक विषयमा केन्द्रित भएको र यसले आगामी दिनमा संस्था संचालन गर्न सहज वातावरण श्रृजना भएको कुरा व्यक्त गर्नुभयो ।

यस अघि पनि काभ्रेको भकुण्डेबेसी, बेथानचोक र धुलिखेलमा केन्द्रले यसरीनै ३ वटा कार्यक्रम क्रमश पुस २८, पुस २९ र माघ ३ गते आयोजना गरेको थियो जसमा करिव ९३ जनाको सहभागीता रहेको थियो । क्षमता अभिबृद्धि कार्यक्रम भोली पनौतीमा पनि आयोजना गर्ने  जानकारी केन्द्रले गराएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर