निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर हरियाली साकोसले मनायो १४औं वार्षिकोत्सव


दाङ । हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको उक्त साकोसले १४ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा सोमबार स्वास्थ्य शिविर र माघीमिलन कार्यक्रम गरेको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सहकारी संस्थाले हरेक क्षेत्रमा सहकार्य गरे मात्र संस्थाको प्रगति हुने बताएका थिए । सो अवसरमा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय दाङका प्रमुख किरण खत्री ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) फिल्ड कार्यालय दाङका प्रमुख वेदप्रसाद भट्टराई ,जिल्ला सहकारी संघ दाङका कोषाध्यक्ष हरिप्रसाद भुसाल,महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाका अध्यक्ष रूकमाङगत ज्ञवाली , बिहानी बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष देवप्रसाद चौधरी,सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारी ,हास्य कलाकार कमल गाउँले र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै कार्यक्रममा असल ऋणी,जेष्ठ सदस्य र उत्कृष्ट सुझावकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा आयोजित स्वास्थ्य शिविरमा १ सय जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । शिविरमा मुटु ,छाती,हाडजोर्नी लगायतका विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा तुलसीपुर प्रादेशिक अस्पतालका फिजिसियन डा. नितु लामाले स्वास्थ्य चेकजाँज गरेकी थिइन् भने एसियन फार्माका मेडिकल सिल्स अफिसर खिमबहादुर विष्ट र सत्यसाई मेडिकल हल सिसहनियाँका स्वास्थ्यकर्मी ईश्वरीप्रसाद अधिकारीले सहयोग गरेका थिए । शिविरमा सत्यसाई मेडिकल हल सिसहनियाँ र बुलक्रस कम्पनीले औषधि सहयोग गरेका थिए ।

संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षतामा सुरू भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मुमबहादुर रोका मगरले स्वागत मन्तव्य राखेका थिए भने  कार्यक्रमको सञ्चालन संस्थाका सचिव रेशमबहादुर थापाले गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर