साकोस व्यवस्थापकहरुसँग नेफ्स्कून अन्तरक्रिया


रुपन्देही–माघ, ८ । बुटवल उपमहानगरपालिका ८ रुपन्देहीमा नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्लामा सञ्चालित साकोसका व्यवस्थापकहरुबीच माघ ७ गते नेफ्स्कून अन्तरक्रिया सम्पन्न भएको छ ।

 

नेफ्स्कूनका सञ्चालक सदस्य सन्दीप सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारी लगायत कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम प्रसाद तुलाचन, रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्राई, कोषाध्यक्ष खेमराज पाण्डे, प्रस्तावित विशिष्ठीकृत सहकारी संघका अध्यक्ष खगराज शर्माको विशेष उपस्थिति रहेको थियो ।

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव अधिकारीले साकोस अभियानलाई दीगो र संस्थागत बनाउन साकोस अभियानकर्मीहरु एक भएर अगाडि बढ्नुपर्ने बताउँदै नीति, विधि र प्रविधि मैत्री साकोस सञ्चालनमा लाग्न सम्पूर्ण साकोस व्यवस्थापकहरुलाई अनुरोध गर्नुभयो ।

 

कोषाध्यक्ष दिपक पनेरुले साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी भई साकोसको गुणस्तर सुधार, सुशासन कायम र गुणस्तर प्रमाणीकरण ब्राण्ड प्राप्त गर्न गरेको अथक प्रयासबाट दीगो, सुरक्षित र सुशासित साकोस विकासमा महत्वपूर्ण उपलब्धि हाँसिल हुनेहुँदा अब सम्पूर्ण साकोसहरु शेयर बृद्धि र व्यवसाय बृद्धि सहित गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्लाका एक्सेस, प्रोबेशन र कर्बस् कार्यक्रममा आबद्ध भएका र ब्राण्ड प्राप्त गर्न सफल साकोसका व्यवस्थापकहरु गरी ६६ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन नेफ्स्कूनका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गर्नुभएको थियो भने अन्तरक्रिया सहजीकरण संघका प्राचार्य सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो ।

नेफ्स्कून खबरबाट


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर