नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालद्वारा संघको ३ नं. प्रदेश कार्यालयको अनुगमन


काभ्रेपलाञ्चोक–माघ ८ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आज संघको प्रदेश नं. ३ कार्यालय काभ्रेको कार्यालय अनुगमन तथा जिल्लाका साकोस प्रतिनिधिहरुबीच अन्तरक्रिया गर्नुभएको छ ।

 

अन्तरक्रियाका क्रममा बरिष्ठ उपाध्यक्ष एवं प्रदेश नं ३ कार्यालय व्यबस्थापन उप समितिका संयोजक ढकालले काभ्रेपलाञ्चोक जिल्लाको साकोस अभियान र आगामी दिनमा अभियानको सफलताका लागि साकोस र केन्द्रीय संघ बीचको सहकार्यलाई सबल बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नं. ३ कार्यालय काभ्रेलाई प्रादेशिक उत्कृष्ठ कार्यालय बनाउन जिल्लाका साकोसकर्मीहरु, साकोसका कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै सहकार्य मार्फत अगाडि बढ्न संघ प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।

 

बरिष्ठ उपाध्यक्ष ढकाललाई संघका निवर्तमान सञ्चालक उद्धव सापकोटा र कार्यालयका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर